• २०८१ बैशाख १३ बिहीबार

राप्रपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् एजेन्डा 

kharibot

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको कन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । काठमाडौमा हुने बैठकका लागि आवश्यक तयारी तथा बैठकमा पेश हुने एजेण्डा तय भइसकेको राप्रपाले जनाएको छ । 

मंगलबार र बुधबार चल्ने बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन तथा महासचिव भाष्कर भद्राले सचिवालय सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। 

यसअघि सोमबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मङ्गलबारदेखि काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने प्रतिवेदनलाई अनुमोदन गरेको थियो । 

बैठकमा अध्यक्ष थापाले समसामयिक राजनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमा पार्टीले लिएको हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको वैचारिक दृष्टिकोणलाई भावी कार्यदिशाका रुपमा अगाडि बढाउने भनिएको छ । प्रतिवेदनमा करीब दुई दशक अगाडि वर्षमा १२ हजार जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेकामा अहिले सो सङ्ख्यामा वृद्धि भई पाँच लाख पुगेकाले देशमा उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ । 

महामन्त्री भाष्कर भद्राले सचिबालयसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन समेत पेश गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै