• २०८१ बैशाख ८ शनिबार

नेपाली अन्डर १९ टिमले अफगानिस्तानविरुद्ध तेश्रो स्थानको लागि प्लेअफ खेल्दै

kharibot

काठमाडौँ। भारतको लखनउमा जारि नेपाल, अफगानिस्तान, भारत ‘ए’ र ‘बि’ सम्मेलित अन्डर-१९ एकदिवसीय चौकोणीय सिरिज अन्तर्गत नेपालले तेश्रो स्थानको लागि प्लेअफमा आज अफगानिस्तानको सामना गर्दै छ। 

सिरिजको ४ वटै टिमले एक-अर्कासंग १-१ खेल खेलीसकेपछि अंकतालिकामा ३ वटै जितको साथ भारत यु-१९ ‘ए’ शिर्ष स्थानमा रहेको छ भने दोश्रो स्थानमा २ जित र १ हार बेहोर्दै भारत यु-१९ ‘बि’ रहेको छ । १ जित र २ हार बेहोर्दै नेपाल यु-१९ तेश्रो र सबै ३ खेलमा हार बेहोरेको अफगानिस्तान यु-१९ चौथो स्थानमा रहेको छ।

पछिल्लो खेलमा अफगानिस्तानलाई नेपालले २५ रनले पराजित गर्दै सिरीजमा पहिलो जित हासिल गरे पनि अघिल्लो २ खेलमा भारत यु-१९ ‘बि’ संग ४० रनले तथा भारत यु-१९ ‘ए’ संग ८ विकेटले पराजित भएपछि नेपाल फाइनल पुग्न असफल भएको हो । अंकतालिकामा उत्कृस्ट २ हुने टिमले फाइनल तथा तेश्रो र चौथो हुने टिमले तेश्रो स्थानको लागि खेल्न लागेको हो।

मंगलबार सिरिजको अन्तिम दिन फाइनलमा भारत यु-१९ ‘ए’ र भारत यु-१९ ‘बि’ बीच खेल हुनेछ भने तेश्रो स्थानको लागि हुने खेलमा नेपाल यु-१९ ले अफगानिस्तान यु-१९ संग खेल्नेछ।

नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समय अनुसार सवा ९ बजे लखनउ स्थित एकाना स्टेडियम ‘बि’ मा हुने छ। 

भारतमा सिरिज पछि नेपालले सेप्टेम्बर २९ देखि बंगलादेशमा आयोजना हुने यु-१९ युथ एसिया कपमा सहभागिता जनाउनेछ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आयोजना गर्ने प्रतियोगिताको पहिलो खेलमा नेपालले टेस्ट राष्ट्र तथा यु-१९ बिश्व कप बिजेता भारतको सामना गर्नेछ ।

प्रतियोगितामा ८ राष्ट्रहरु सहभागी हुनेछन् जसलाई २ वटा समुहमा बिभाजन गरिएको छ। नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा साविकको विजेता अफगानिस्तान, भारत र युएई रहेका छन्। यस्तै समुह ‘बि’ मा आयोजक बंगलादेश, हंगकंग, पाकिस्तान र श्रीलंका रहेका छन्। प्रतियोगिताको खेलहरु ढाका र चिटागोंगमा हुनेछ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै