• २०८१ बैशाख ७ शुक्रबार

अफगानिस्तानद्वारा नेपाललाई २४५ रनको लक्ष्य, ओपनर रियाज हसनले खेले शतकीय पारी

kharibot

काठमाडौँ। भारतको लखनउमा जारि अन्डर-१९ एकदिवसीय चौकोणीय सिरिज अन्तर्गत तेश्रो स्थानको लागि प्लेअफमा अफगानिस्तानले नेपाललाई २४५  रनको लक्ष्य दिएको छ।  टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानको युवा टिमले ५० ओभरमा ८ विकेट गुमाउदै २४४ रन बनाएको छ। 

अफगानिस्तानका ओपनर रियाज हसनले शतकीय पारि खेल्दै अफगानिस्तानको पारीलाई सम्हालेका थिए। हसनले नट आउट रहदै ११७ रन बनाए। त्यस्तै बसिर खान सिरले ३२, आरिफ खानले २४ तथा इजाज अहमदले १९ रनको योगदान दिएका थिए। 

नेपालका लागि सागर ढकाल, पवन सराफ र सम्सद आलमले २-२ विकेट लिएका थिए भने रशिद खानले एक विकेट लिएका थिए। त्यस्तै एक विकेट रन आउटका पाएको थियो । 

सिरिजको ४ वटै टिमले एक-अर्कासंग १-१ खेल खेलीसकेपछि अंकतालिकामा ३ वटै जितको साथ भारत यु-१९ ‘ए’ शिर्ष स्थानमा रहेको छ भने दोश्रो स्थानमा २ जित र १ हार बेहोर्दै भारत यु-१९ ‘बि’ रहेको छ । १ जित र २ हार बेहोर्दै नेपाल यु-१९ तेश्रो र सबै ३ खेलमा हार बेहोरेको अफगानिस्तान यु-१९ चौथो स्थानमा रहेको थियो ।

पछिल्लो खेलमा अफगानिस्तानलाई नेपालले २५ रनले पराजित गर्दै सिरीजमा पहिलो जित हासिल गरे पनि अघिल्लो २ खेलमा भारत यु-१९ ‘बि’ संग ४० रनले तथा भारत यु-१९ ‘ए’ संग ८ विकेटले पराजित भएपछि नेपाल फाइनल पुग्न असफल भएको हो । अंकतालिकामा उत्कृस्ट २ हुने टिमले फाइनल तथा तेश्रो र चौथो हुने टिमले तेश्रो स्थानको लागि खेल्न लागेको हो।

 
लाइभ स्कोर यँहा हेर्नुहोस् 
 

मंगलबार सिरिजको अन्तिम दिन फाइनलमा भारत यु-१९ ‘ए’ र भारत यु-१९ ‘बि’ बीच खेल हुनेछ भने तेश्रो स्थानको लागि हुने खेलमा नेपाल यु-१९ ले अफगानिस्तान यु-१९ संग खेल्नेछ।

नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समय अनुसार सवा ९ बजे लखनउ स्थित एकाना स्टेडियम ‘बि’ मा हुने छ। 

अफगानिस्तानको अन्डर १९ टिमविरुद्ध खेल्ने नेपाली प्लेइङ एघारमा मोहमद आरिफ शेख (कप्तान), लोकेस बम, रित गौतम, पवन सराफ, रसिद खान, भिम सार्की, कमल सिंह ऐरी, अरुण ऐरी,सन्दीप जोरा, सागर ढकाल र सांसद खान खेल्दै छन् ।

भारतमा सिरिज पछि नेपालले सेप्टेम्बर २९ देखि बंगलादेशमा आयोजना हुने यु-१९ युथ एसिया कपमा सहभागिता जनाउनेछ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आयोजना गर्ने प्रतियोगिताको पहिलो खेलमा नेपालले टेस्ट राष्ट्र तथा यु-१९ बिश्व कप बिजेता भारतको सामना गर्नेछ ।

प्रतियोगितामा ८ राष्ट्रहरु सहभागी हुनेछन् जसलाई २ वटा समुहमा बिभाजन गरिएको छ। नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा साविकको विजेता अफगानिस्तान, भारत र युएई रहेका छन्। यस्तै समुह ‘बि’ मा आयोजक बंगलादेश, हंगकंग, पाकिस्तान र श्रीलंका रहेका छन्। प्रतियोगिताको खेलहरु ढाका र चिटागोंगमा हुनेछ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै