• २०८१ बैशाख ८ शनिबार

२०२५ सम्ममा मान्छेले भन्दा धेरै काम मेसिनले गर्ने ! 

kharibot

फाइल तस्बिर ।

युरोप । विश्व आर्थिक मञ्च (डब्लुईएफ)ले सोमबार जारी गरेको एक अध्ययनले आगामी सन् २०२५ सम्ममा विश्वमा मान्छेले भन्दा धेरै काम मेसिनले गर्ने तथ्य निकालेको छ । कामहरुमा बढ्दो मेसिनरी प्रयोगकै कारण मानिसले काम गर्ने तौरतरिका र आफ्नो भूमिकामा समेत सीप उन्नत गर्नुपर्ने बताइएको छ । 

स्विस संगठनले जनाएअनुसार अहिले मेसिनबाट २९ प्रतिशत कार्य भइरहेकोमा २०२५ सम्ममा उक्त कार्यमा वृद्धि भई आधा आधा काम मानिस र मेसिनले गर्नेछन् । डब्लुईएफ जेनेभानजिकै रहेको छ । यहाँ नेता, कारोबारीहरु वार्षिक सभाको लागि जाने गर्छन् । डावोसमा यसको आयोजना गरिँदै आएको छ । 

अध्ययनअनुसार इकमर्स सोसल मिडियासहितको सेल्स, मार्केटिंग र कस्टुमर सर्भिसजस्ता काममा मानिसको आवश्यकता हुन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै