• २०८१ बैशाख ८ शनिबार

च्याम्पियन्स लिगका खेल आजदेखि शुरु हुदै, अहिलेसम्म कसले कति पटक जिते ? 

kharibot

काठमाडौँ। युरोपको फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको यस सिजनको खेल आज देखि सुरु हुदै छ। ३२ क्लब सहभगी यस प्रतियोगितालाई युरोपमा निकै महत्वपूर्ण मानिन्छ। खेलाडीको सम्मान र पुरस्कारको हिसाबले पनि यो प्रतियोगिताको महत्व रहेको छ।

अहिलेसम्म सम्पन्न ६३औ च्याम्पियन्स लिग खेलमा २२ क्लबले यो उपाधि जित्न सफल भएका छन् भने ३९ क्लब यो प्रतियोगिताको फाइनलमा पुगेका छन्। यस मध्ये १७ क्लब फाइनलमा पुगेर पनि उपाधि जित्न असफल भएका छन्।  

सबै भन्दा धेरै पटक रियल म्याड्रिडले जितेको छ।  रियलले अहिलेसम्म १३ पटक च्याम्पियन्स लिगको उपाधि उचालेको छ भने पछिल्लो तीन बर्ष लगातार च्याम्पियन्स लिग जित्दै आएको छ। त्यस्तै इटालीयन क्लब रोमाले अहिलेसम्म ७ पटक च्याम्पियन्स लिग जितेको छ। त्यस्तै बार्सिलोना, लिभरपुल र बायर्न म्युनिखले च्याम्पियन्स लिग ५-५ पटक जितेका छन्। त्यस्तै नेदरल्यान्ड्सको एजेक्सले ४ पटक तथा म्यानचेस्टर युनाइटेड तथा इन्टर मिलानले ३-३ पटक यो उपाधि जितेका छन्। त्यस्तै युभेन्टस, पोर्टो जस्ता क्लबले २-२ पटक यो उअपाधि जितेका छन्। 

च्याम्पियन्स लिगमा धेरै खेल्ने खेलाडी :

च्याम्पियन्स लिगको इतिहासमा सबै भन्दा धेरै खेल खेल्ने खेलाडी स्पेनका गोल किपर इकर कसिलास हुन्।  उनले कुल १६७ खेल खेलेका छन् भने क्रिस्टियानो रोनाल्डोले १५३ खेल खेलेका छन्।  त्यस्तै बार्सिलोनाका पुर्व खेलाडी जाभीले १५१ र रियल म्याड्रिडका राउलले १४२ च्याम्पियन्स लिगका खेल खेलेका छन्। लियोनेल मेसीले भने च्याम्पियन्स लिगमा १२५ खेल खेलेका छन्। 

च्याम्पियन्स लिगमा धेरै गोल गर्ने खेलाडी :

च्याम्पियन्स लिगमा अल टाइम टप गोल स्कोरर क्रिस्टियानो रोनाल्डो हुन्।  रोनाल्डोले १५३ खेलमा १२० गोल गरेर शिर्ष स्थानमा रहेका छन्।  त्यस्तै लियोनेल मेसी १२५ खेलमा १०० गोल गरेर रोनाल्डोलाई पछ्याइरहेका छन्। मेसीपछि च्याम्पियन्स लिगमा धेरै गोल गर्ने खेलाडी स्पेनका राउल हुन्। उनले कुल ७१ गोल गरेका छन्।  

यस सिजनको च्याम्पियन्स लिग खेल्ने क्लबहरु :

च्याम्पियन्स लिगको यस सिजनमा २६ क्लबले सिधै प्रवेश पाएका छन् भने ६ क्लबले प्लेअफ खेलेर च्याम्पियन्स लिगमा स्थान बनाएका छन्।

स्पेनबाट रियल म्याड्रिड, बार्सिलोना, एथलेटिको म्याड्रिड र भलेन्सिया सहभागी हुदै छन् भने जर्मनीबाट बायर्न म्युनिख, बरुसिया डोर्टमण्ड, साल्के र होफेनहेइम सहभागी हुदै छन्।  

त्यस्तै इटालीबाट युभेन्टस, नापोली, एएस रोमा, इन्टर मिलान खेल्दै छन् भने फ्रान्सबाट पिएसजी, लियोन र मोनाको च्याम्पियन्स लिग खेल्दै छन्। प्रिमियर लिगबाट म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल र टोटनह्याम च्याम्पियन्स लिग खेल्दै छन् भने रसियाबाट लोकोमोटिभ मोस्कभा र सिएके ए मोस्कभा खेल्दै छन्। 

त्यस्तै पोर्चुगलबाट पोर्टो र बेनिफिका, टर्कीबाट गालाटासारे, बेल्जियमबाट क्लब ब्रुगे, नेदरल्याण्डबाट एजाक्स र पिएसभी इन्डहोभेन, चेक रिपब्लिकबाट भिक्टोरिया प्लेजेन,युक्रेनबाट शख्तर डोनेटस्क, ग्रिसबाट एइके एथेन्स, सर्बियाको रेड स्टार क्लब र स्विटजरल्याण्डबाट योङ्ग बोइजले यस सिजनको च्याम्पियन्स लिग खेल्दै छन्। 

आज हुने खेलहरु :

समूह बी अन्तर्गतको खेलमा आज स्पेनिस क्लब बार्सिलोना र डच क्लब पीएसभी खेल्दैछन् । सोही समूहका इटालीयन क्लब इन्टरमिलान र इङलिश क्लब टोटनह्याम खेल्ने छन् । समूह बीका दुवै खेल नेपाली समयअनुसार आज राती १०ः४० मा सुरु हुनेछ ।

मंगलबार अन्य आठ खेल पनि हुनेछन् । जसमा जर्मन क्लब बोरुसिया डर्टमण्ड, स्पेनिस क्लब एथ्लेटिको मड्रिड, इङलिश क्लब लिभरपुल, इटालीयन क्लब नेपोली, लगायत खेल्नेछन् ।
 
बार्सिलोना (स्पेन) भर्सेस पीएसभी (नेदरल्याण्ड) १०ः४०, इन्टरमिलान (इटाली) भर्सेस टोटनह्याम (इंग्ल्याण्ड) १०ः४०, क्लब ब्रुगे (बेल्जियम) भर्सेस बोरुसिया डर्टमण्ड (जर्मनी) १२ः४५, मोनाको भर्सेस एथलेटिको मड्रिड (स्पेन) १२ः४५, लिभरपुल (इंग्ल्याण्ड) पीएसजी (फ्रान्स) १२ः४५, रेडस्टार बेल्ग्रेड (बेल्जियम) भर्सेस नेपोली (इटाली) १२ः४५, ग्लातासारे (टर्की) भर्सेस लोकोमोटिभ मस्कोभा (रसिया) १२ः४५, शाल्का ०४ (जर्मनी) भर्सेस पोर्टो (पोर्चुगल) १२ः४५, आयाक्स (नेदरल्याण्ड) भर्सेस एइके एथेन्स (ग्रिस) १२ः४५, शाक्टार डोनेस्ट्क (युक्रेन) भर्सेस होफेनहेम (जर्मनी) १२ः४५ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै