• २०८१ बैशाख ८ शनिबार

नेम्सको उपकुलपतिमा तीनजना सिफारिश

kharibot

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नेम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ ।

छनोट समितिका सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कामु सचिव चिकित्सक सुशीलनाथ प्याकुरेलले दिएको जानकारीअनुसार चिकित्सक डि. एन. साह, ढुण्डी पौडेल र अजित रायमाझीलाई सो पदमा सिफारिश गरिएको छ ।

नेम्सका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले तीन जना चिकित्सकको नाम उपकुलपति पदमा सिफारिश गरेका हुन् । अब नेम्सका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ती तीन जनामध्ये एकलाई उपकुलपति चयन गर्नेछन् । कामु सचिव प्याकुरेलले १६ चिकित्सकमध्येबाट कार्यक्षमताका आधारमा तीनजनाको नाम चयन गरिएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै