• २०८१ बैशाख १३ बिहीबार

बर्डफ्लु कसरी सर्छ ? यस्ता हुन्छन् लक्षण

kharibot

फाइल तस्विर । 

काठमाण्डौ  /  बर्डफ्लु एच फाइब एन वान नामक भाइरस संक्रमणबाट मुख्यत देखिने रोग हो । यो संक्रमणले पशुपंक्षिमा माहमारीको रुप लिदै आएको पाइन्छ । यो संक्रमण मानव समुदायमा पनि देखिन्छ । इन्फ्लुएन्जा भाइरसले आफ्नो स्वरुप लाई निरन्तर परिवर्तन गर्ने हुदाँ यसको संक्रमणको तरिका पनि फरक फरक पाइन्छ ।

मेडिक –चिकित्सकीय) भाषामा यसलाईजेनेटिक सिफट र जेनेटिक डिफ्ट पनि भनिन्छ ।  एच फाइब एन वान भाइरसको संक्रमण पअिलो पटक सन् १९९७ मा हङकङमा देखा परेको थियो ।  नेपालमा भने सर्वप्रथम सन् २००९जनवरीमा बल्र्डफ्लु देखा परेको थियो । नेपालमा केही दिन अगाडि पनि भितवन काठमाडौं लगााएत विभिन्न ठाँउमा कुखुरा तथा हाँसमा बर्डफ्लु देखा परेको थियो । 

बर्डफ्लु कसरी सर्छ ?

यो भाइरस पशुपंक्षीहरुको ¥याल, विष्टा आदीमाकरिब ७ दिन सम्म रहने अनुसन्धानहरुमा देखिएको छ । ब्रोरै सुली, ¥याल आदिमा रहेका भाइरसले लाखौं कुखुरा हाँसलाई प्रभाव पार्न सक्छ ।  मुख्यतय पंक्षी पालन गर्दा आवश्यक सावधानी सरसफाई,आहार विहार , र उपचारमा कमी भएमा यो रोग सर्ने देखिन्छ ।

विभिन्न देशहरुबाट बसाइसरी आउने चराहरु रोगका श्रोतहरु हुन । यसै गरी पंक्षीको  आवश्यक जाँच नगरी खुला सिमानाबाट छिर्ने पशुपंक्षी तथा पंशुजन्य सामग्रीबाट बर्डफ्लुको संक्रमण बढ्दै गएको देखिन्छ । संक्रमित पंक्षी, अण्डा तथा अन्य सामग्रीहरुको प्रत्येक्ष संम्पर्कमा रहेमा मानिसहरुमा यो भाइरस सर्न सक्दछ । मानिसबाट मानिसमा पनि यो भाइरस सर्ने संभावना रहन्छ । 

अस्पताल आउने धेरैको प्रह्न हुन्छ— कुखुरा , हाँसको मासु वा अण्डा खादा बर्डफ्लु सर्छ की सर्दैन ? सर्दैन । किनभने बर्डफ्लुको भाइरस ७० डिग्री सेल्सियस तापक्रममा पुग्ने वित्तिकै मर्दछ ।  मासु र अण्डा हामीले विषेश गरी राम्ररी पकाएर खाने भएकाले त्यो लगभग १०० डिग्री सेल्सियस तापक्रममा धेरै वेरसम्म पकाएको हुन्छ  । तसर्थ मासु तथा अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लु सर्दैन । 

लक्षणहरु के के हुन ?

पंक्षीमा देखिने लक्षण  ः

अकस्मात ठुलो संख्यामा पंक्षीहरु मर्ने ।
 सेतो दिशा लाग्ने तथा खान नसक्ने । 
कुखुरा, हाँसहरुको वुद्धि विकास तथा अण्डा पार्न कमी हुने । 

मानिसमा देखिने लक्षण  ः

ज्वरो आउने ।
खोकी लाग्ने ।
घाँटी दुख्ने । 
टाउको दुख्ने । 
शरिर दुख्ने  ।
पखाला लाग्ने ।
नाकबाट पानी बग्ने ।
श्वास फेर्न गाह्रो हुने गर्दछ । 
सामान्य उपचार प्रक्रियाले यो  यो लक्षण हरु समाधान नहुने , विस्तारै फोक्सोमा असर पार्ने तथा शरिरमा घातक असर पारी मृत्यु हुन सक्छ । 

कसरी बच्ने ? 

चराचररुगीं तथा कुखुराहरु एक्कासी ठुलो सख्यामा विरामी भएमा मरेमा ध्यान दिने ।
जस्तो माक्स तथा पंजा, गाउन  आदीको प्रयोग गर्ने घरमा आउदाँ कपडा फेर्ने र हात राम्ररी साबुन पानीले धुने ।
कुखुरा हाँस तथा अन्य पंक्षीको मासु तथा अण्डा राम्ररी पकाएर मात्र खाने । 
बच्चा तथा दीर्घ रोगीहरुलाई अनावश्यक मात्रामा पंक्षीसँग हेलमेल हुन नदिने । 

उपचार विधि :

बर्डफ्लु एक्कासी ठुलो सख्यामा लाग्ने हुनाले उपचार प्रक्रियामा सबै क्षेत्रको सहकार्य आवश्यक हुन्छ । 
पंक्षीका हकमा संक्रमित संका गरिएका पंक्षीहरुलाई आवश्यक प्रक्रिया पुरा गरी छुट्याउने र पुर्ण रुपमा नष्ट गर्ने । 
पंक्षीजन्य सामग्री अण्डा, सुली, चारा आदिलाई नष्ट गर्ने । 
पंक्षी फामहरुलाई आवश्यक सरसफाई गर्ने । 
संक्रमित ठाँउलाई मुख्य केन्द्र बनाई त्यसको चारै तिर संक्रमण भए नभएको यकिन गर्ने । 
मानिसको हकमा संक्रमित मानिसलाई छुटै राखी उपचार सुरु गर्ने । 
संक्रमित मानिसलाई आराम गराउने । 
उपचार गर्ने व्यक्तिले विशेष  सावधानी जस्तो विशेष प्रकारको मास्क तथा पंजा र औजारहरुको प्रयोग गर्ने । 
चिकित्सकको सल्लाह अनुसार ट्यामिफ्लु औषधी  खाने ।  

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै