• २०८१ बैशाख ११ मंगलबार

भारतमा भएको अन्डर १९ को चौकोणीय सिरिज भारतको 'बि' टिमले जित्यो 

kharibot

काठमाडौँ। भारतको लखनउमा भएको नेपाल, अफगानिस्तान, भारत ‘ए’ र ‘बि’ सम्मेलित अन्डर-१९ एकदिवसीय चौकोणीय सिरिज भारतीय नेशनल एकेडेमीका खेलाडीहरु समावेश रहेको भारतीय अन्डर १९ टिम च्याम्पियन बनेको छ। 

आज भएको सिरिजको फाइनल खेलमा भारतको अन्डर १९ ए टिमलाई १० रनले पराजित गर्दै चौकोणीय सिरिज हाता पारेको हो ।  भारतको बि टिमले पहिला ब्याटिंग गर्दै १४१ रन बनाएकोमा भारतको ए टिम १३१ रनमा अलआउट भएपछि खेल भारतको 'बि' टिमले १० रनले जितेको हो।  

सिरिजको ४ वटै टिमले एक-अर्कासंग १-१ खेल खेलीसकेपछि अंकतालिकामा ३ वटै जितको साथ भारत यु-१९ ‘ए’ शिर्ष स्थानमा रहेको छ भने दोश्रो स्थानमा २ जित र १ हार बेहोर्दै भारत यु-१९ ‘बि’ रहेको थियो । १ जित र २ हार बेहोर्दै नेपाल यु-१९ तेश्रो र सबै ३ खेलमा हार बेहोरेको अफगानिस्तान यु-१९ चौथो स्थानमा रहेको थियो ।

यस सिरिजपछि सेप्टेम्बर २९ देखि बंगलादेशमा आयोजना हुने यु-१९ युथ एसिया कपमा सहभागिता जनाउनेछ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आयोजना गर्ने प्रतियोगिताको पहिलो खेलमा नेपालले टेस्ट राष्ट्र तथा यु-१९ बिश्व कप बिजेता भारतको सामना गर्नेछ ।

प्रतियोगितामा ८ राष्ट्रहरु सहभागी हुनेछन् जसलाई २ वटा समुहमा बिभाजन गरिएको छ। नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा साविकको विजेता अफगानिस्तान, भारत र युएई रहेका छन्। यस्तै समुह ‘बि’ मा आयोजक बंगलादेश, हंगकंग, पाकिस्तान र श्रीलंका रहेका छन्। प्रतियोगिताको खेलहरु ढाका र चिटागोंगमा हुनेछ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै