• २०८१ बैशाख १४ शुक्रबार

सुन्दर कपालका लागि पोषणयुक्त आहार 

kharibot

सुन्दर, बलियो र घना कपाल कसलाई मन पर्दैन र । तैपनि विभिन्न कारणले गर्दा कपाल अस्वस्थ भई झर्न सक्छ । कपालसँग सम्बन्धित समस्या हटाउन र कपाललाई चम्किलो बनाउन तपाईंले विभिन्न किसिमका तरिका अपनाइरहनुभएको छ होला । तर, यदि तपाईंले राम्रो परिणाम पाइरहनुभएको छैन भने आफ्नो आहारमा पनि ध्यान दिनुहोस् । 

कपाललाई पोषक तत्त्व नपुगेमा पनि कपाल झर्ने समस्या हुन सक्छ । यसबाट बच्न आहारमा पनि विशेष ध्यान दिनु जरुरी छ । 

अमिलो फल :

अमिलो फल छाला र कपालको लागि निकै लाभदायक हुन्छ । सुन्तला, अङ्गुर, कागती आदि फलको नियमित सेवन गर्नाले कपाल बलियो र स्वस्थ हुन्छ । कपालको लागि जामुन सबैभन्दा राम्रो मानिएको छ । 

हरियो सागपात र बियाँ : 

पालुङ्गो, बन्दा, मेथी, भिण्डी आदि तरकारी र काँक्रो, फर्सी आदिको बियाँ कपालको लागि लाभदायी हुन्छन् । 
अण्डा र नरिवल ः अण्डा खानाले अथवा कपालमा लगाउनाले कपाल बलियो र चम्किलो हुन्छ । नरिवलले कपालमा प्राकृतिक चमक प्रदान गर्नुका लाथै कपाललाई मुलायम पनि बनाउँछ । यो जर्रो र मृतप्रायः कपालको लागि वरदान सावित हुन्छ । 

दाल र गेडागुडी :

दैनिक रूपमा एकै प्रकारको दाल र गेडागुडी नखाई फरकफरक दाल जस्तै, मुग, रहर, मास, मुसुरो, सोयाबिन आदि खानु कपालको लागि निकै राम्रो हुन्छ । तर पोलिस गरेको दाल भने स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । 

जमरा :

अहिले नेपालमा जमराको जुस पिउने ट्रेण्ड नै चलेको छ । यसले शरीरमा प्रतिरोधात्मक क्षमता बढाउनुका साथै कपाललाई पनि स्वस्थ बनाउँछ । 

खरबुजा :

खरबुजामा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । यसले फ्री रेडिकल्सलाई नियन्त्रण गरी कपालको विकासमा सहयोग गर्छ । खरबुजामा पानीको मात्रा पनि प्रशस्त हुने भएकाले यसले कपाललाई चम्किलो बनाउन पनि मद्दत गर्छ । यसले छालालाई पनि चम्किलो बनाउँछ । यो कपालका साथै आँखाको लागि पनि लाभदायक छ । 

अमला :

यो कपालको स्वास्थ्यको लागि निकै महत्त्वपूर्ण छ । यसले कपाललाई स्वस्थ बनाउनुका साथै कपाललाई घना र चम्किलो बनाउँछ । यसको तेलले कपालको मालिस गर्नाले केही दिनमा नै कपालमा निकै परिवर्तन आउँछ । 

गाजर :

गाजरमा प्रोटिन प्रशस्त मात्रामा हुन्छ । साथै, गाजरमा भिटामिन र आइरन पनि प्रशस्त मात्रामा पाइने भएकाले यसले कपाल पलाउन निकै मद्दत गर्छ । 
त्यस्तै, धनियाँ, प्याज, लसुन, अदुवा मिसाइएको खानाले पनि शरीरलाई पर्याप्त मात्रामा पोषण तत्त्व प्रदान गरी कपाल स्वस्थ बनाउन मद्दत गर्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै