• २०८१ बैशाख ४ मंगलबार

वाइड बडी विमान खरिदको भ्रष्ट्राचार छानबिन ओझेलमा नपरोस् - सांसद राजेन्द्र लिङदेन

kharibot

काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले नेपाल एयरलाइन्सको विमान खरिद प्रकरणमा भएको भ्रष्ट्राचार ओझेलमा परेको भन्दै निगममा नयाँ कार्यकरी अध्यक्षको नियुक्तिका कारणले भ्रष्ट्राचार काण्ड ओझेलमा नपरोस् भन्ने चेतावनी दिएका छन्। 

सांसद लिङदेनले आजको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै बिमान खरिदका विषय छानबिन नपरोस भन्दै विमान खरिद विषयमा थुप्रै तथ्यांक बाहिर आएको बताएका छन्। संसदमा बोल्दै उनले भने, 'बोलपत्र अमेरिकन कम्पनीको नाममा हालिएको, एमओयु गर्दा अमेरिकन-पोचुगिज र जर्मनी कम्पनिसंग गरिएको छ, खरिद सम्झौता आइरीस कम्पनीसँग गरिएको छ, एउटा तौल क्षमता भनेर अर्को तौलको विमान ल्याइएको छ।'  

त्यस्तै उनले बोलपत्र हाल्ने विमान कम्पनिले १०४ मिलियन डलरमा यो वाइड बडी विमान दिन्छु भनेको तर हामीले भुक्तानी दिदा १०८ मिलियन डलर दिइएको बताए । माननीय मन्त्री रविन्द्र अधिकारीले संसदमा जवाफ दिदा भनेका छन् म आएपछि भुक्तानीका काम भएका छैनन् भनेकोमा गत असार १० गते  र साउन १७ गते गरेर करिब १६ अर्ब रुपैया भुक्तानी गरिएको बताउदै सांसद लिङडदेनले मन्त्रीलाई निगमको संयन्त्रले झुक्कएको हो भने त्यो झुक्याउने तत्वलाई कारवाही गर्नुपर्ने धारणा राखे । 

लिङदेनले तौल क्षमतामा मात्र फरक परेको कारणले एक पटक उड्दा ८० लाख र फर्केर आउदा एक करोड भन्दा बढी घाटा हुने स्थिति अहिले बनेको बताए।  उनले अहिले ६ अर्ब भ्रष्टचार भयो भन्ने कुरा मात्र नभएको भन्दै दैनिक रुपमा क्षति बेहोर्नु पर्ने र यो तीसौ बर्षसम्म बेहोर्नु पर्ने भएको बताए । उनले यसको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै विषयलाई ढाकछोप नगर्न आग्रह गरेका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै