• २०८१ बैशाख १३ बिहीबार

धावनमार्गमा समस्या आएपछि विमान आकाशमै ‘होल्ड’ 

kharibot

काठमाडौँ। धावनमार्ग ‘रनवे’ मा सामान्य धाँजा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरका लागि उडान अवतरण अवरुद्ध भएको छ । 

रनवे अवरुद्ध हुँदा अवतरणमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान १० मिनेटदेखि आकाशमै ‘होल्ड’ भएका छन् । रनवे सामान्य चर्किएपछि मर्मतका लागि विमान केही समयका लागि होल्डमा बस्नुपरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । अबको केही समयपछि नै उडान अवतरण सामान्य हुने उनले उल्लेख गरे । 

खासगरी वर्षायाममा विमानस्थलको कोटेश्वरतर्फको रनवेमा पटक–पटक समस्या आउने गरेको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै