• २०८१ बैशाख ६ बिहीबार

टि-२० विश्वकपको छनौट प्रतियोगिता खेल्न १८ सदस्यीय प्रारम्भिक टिम छनौट, को को परे ?

kharibot

काठमाडौँ। सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकपको पूर्वी एशिया उप-क्षेत्रिय छनौट प्रतियोगिता खेल्न १८ सदस्यीय प्रारम्भिक टिम छनौट गरिएको छ। 

अक्टोबर ३ देखि १२ सम्म हुने सो प्रतियोगितालागि छानिएका १८ खेलाडीमा सुनिल धमला, प्रदीप ऐरी, दिपेश श्रेष्ठ र शहाब आलम आलमले ठाउ बनाएका छन् भने यसअघि नियमित रुपमा टिममा रहेका रोहित पौडेललाई आगामी एसीसी अन्डर १९ एशिया कपका लागि सिनियर टिममा समावेश गरिएको छैन। त्यस्तै इन्जुरीबाट ठिक भएका शरद भेस्वाकरलाई टिममा राखिएको छ। त्यस्तै विकेट किपर ब्याट्सम्यान सुबास खकुरेल टिममा परेका छैनन्। 

१८ सदस्यीय टिममा पारस खड्का (कप्तान), अनिल  शाह, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, दिपेश श्रेष्ठ, करण केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदीप ऐरी, सागर पुन, सन्दीप लामिछाने, शहाब आलम, शरद भेस्वाकर, सोमपाल कामी र सुनिल धमला रहेका छन्। 

१८ खेलाडीहरुको क्याम्प आगामी विहिबारदेखि सुरु हुने नेपाली टिमका म्यानेजर रमन शिवाकोटीले जानकारी दिएका छन्। क्लोज क्याम्प पछि छनौट प्रतियोगिता खेल्न १४ सदस्यीय टिम छनौट हुने छ। 

१८ सदस्यीय टिम आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, कोच जगत टमाटा र कप्तान पारस खड्काले छनौट गरेका हुन्।  

छनौट खेलको तालिका :

यसैबीच नेपाल सहभागी हुने एसियाको पूर्वी उप-क्षेत्रिय छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपालसहित एसियाको उप-क्षेत्रिय छनौटमा मलेसिया, भुटान, म्यान्मार, चीन, सिंगापुर र थाईल्याण्ड रहेका छन् । यस उप-क्षेत्रबाट शिर्ष ३ देश एसियाली क्षेत्रीय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन् । एसियाली क्षेत्रीय छनौट प्रतियोगिताका लागि पश्चिमको उप-क्षेत्रबाट युएई, कुवेत र कतार छनौट भैसकेका छन् ।

नेपाल सहभागी हुने एसियाको पूर्वी उप-क्षेत्रिय छनौट प्रतियोगिता मलेसियामा आगामी ३ अक्टोबरबाट सरु हुनेछ । प्रतियोगितामा सबै टोलीले एक अर्कासँग खेल्नु पर्नेछ । नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ मा म्यान्मारसँग खेल्ने छ । यस्तै दोस्रो खेल मलेसियासँग अक्टोबर ६ मा, तेस्रो खेल अक्टोबर ७ मा थाइल्याण्डसँग, चौथो खेल अक्टोबर ९ मा भुटानसँग, पाँचौ खेल अक्टोबर १० मा चीनसँग र अन्तिम तथा छैठौं खेल अक्टोबर १२ मा सिंगापुरसँग खेल्ने भएको छ ।
आईसीसीले क्रिकेटमा सहभागिता व्यापक बनाउने नीति रणनिति अनुसार टि-२० विश्वकपमा कुल ६२ देशले उप-क्षेत्रिय छनौट प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । ६२ देशबाट २५ देशले क्षेत्रिय छनौटको फाइनल चरणमा स्थान बनाउने र क्षेत्रिय छनौटपछि शिर्ष ७ देश छनौट प्रतियोगिता खेल्ने आइसीसीले जनाएको छ ।

पूर्वी र पश्चिमी क्षेत्रको छनौटबाट छानिएका ३-३ देशले क्षेत्रीय छनौट प्रतियोगिता खेल्नेछन् जसबाट उत्कृष्ट २ टिमले टि-२० विश्वकपको ग्लोबल छनौट खेल्नेछन् । 

विश्वकपका लागि ग्लोबल छनौटमा आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ नम्बरमा रहेका टिम र बिभिन्न क्षेत्रबाट उत्कृष्ट भएर आएका ८ टिमले गरि कुल १४ टिमले प्रतिस्पर्धा गर्नेछन् । 

आईसीसीको टि-२० वरियतामा उत्कृस्ट ९ टिम र आयोजक अस्ट्रेलिया गरि १० टिम टि-२० विश्वकप खेल्न स्वतः छनौट हुनेछन् भने ग्लोबल टि-२० विश्वकप छनौटबाट उत्कृस्ट ६ टिम गरि कुल १६ टिम टि-२० विश्वकप खेल्ने छन् । टि-२० विश्वकप २०२० अक्टोबर १८ बाट अष्ट्रेलियामा आयोजना हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै