निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा चार जनाको उम्मेदवारी

खरीबोट
ad

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घको नयाँ नेतृत्वका लागि चार जनाले उम्मेदवारी घोषणा गरेका छन् । 

महासङ्घको २०औँ साधारणसभा भदौ ४ गते बिहीबार राजधानीमा शुरु हुँदैछ । साधारणसभामा महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रामशरण देउजा, पूर्वअध्यक्ष यक्षध्वज कार्की, व्यवसायी हुमनाथ कोइरालालगायतले उम्मेदवारी घोषणा गरेका छन् । 

महासङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सर्वसम्मतरुपमा नेतृत्व चयनका लागि प्रयास जारी रहेको जानकारी दिइयो । निर्विरोध भावी नेतृत्व चयनका लागि महासङ्घका पूर्वअध्यक्ष जीपछिरिङ लामाको संयोजकत्वमा कार्यदल गठन गरिएको जनाइएको छ । 

कार्यदलमा पूर्वअध्यक्ष रमेश शर्मा, सुकुन्तलाल हिराचन, यक्षध्वज कार्की, पूर्वअध्यक्ष जयराम लामिछाने र अध्यक्ष श्रेष्ठ सदस्य रहेका छन् । सभाले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात प्रदेश उपाध्यक्ष, एशोसिएट उपाध्यक्ष, महासचिवसहित पदाधिकारी र सदस्य गरी ५४ पदका लागि निर्वाचन हुनेछ ।

पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठ, महासचिव देउजा, पूर्वअध्यक्ष कार्की, पूर्वअध्यक्ष शर्मा, पूर्वअध्यक्ष लामिछानेलगायतले सर्वसम्मत नेतृत्व चयन हुने वातावरण बनाउन त्याग गर्नु परे पनि तयार रहेको सुनाए । 

महासङ्घको सात प्रदेश, ७७ जिल्ला, २५२ एशोसिएट र दुई वस्तुगत सङ्घका गरी १२ हजार ५०० सदस्य रहेका छन् । निर्माण व्यवसायमा हाल वार्षिक रु दुई खर्बको लगानी रहेको छ । विकासको बजेटको ६० प्रतिशत निर्माण व्यवसायीमार्फत नै खर्च हुँदै आएको छ । निर्माण व्यवसायले १५ लाखलाई रोजगारी दिएको महासङ्घको दाबी छ । 

साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा सिंह

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा रवि सिंह ४६६ मत ल्याएर विजयी भएका छन् । उनीका निकटतम प्रतिद्वन्द्वी यक्षध्वज कार्कीले ३५३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत बाबुराम दाहालले जानकारी

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा रवि सिंह विजयी

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा पुर्व वरिष्ठ उपाध्यक्ष रवि सिंह विजयी भएका छन् । शनिबार भएको मतदानबाट सिंहले अध्यक्षका प्रतिष्पर्धी यज्ञध्वज कार्की, रामशरण देउजा र पुरुषोत्तम मानन्धरलाई पराजित गरेर

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा चार जनाको उम्मेदवारी

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घको नयाँ नेतृत्वका लागि चार जनाले उम्मेदवारी घोषणा गरेका छन् ।  महासङ्घको २०औँ साधारणसभा भदौ ४ गते बिहीबार राजधानीमा शुरु हुँदैछ । साधारणसभामा महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठ,

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा चारजनाको दाबी

काठमाडौँ। निर्माण व्यवसायीको साझा सङ्गठन नेपाल निर्माण व्यवसायी महासङ्घको नेतृत्वका लागि चारजनाले आ–आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।  आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घको अध्यक्षमा दाबेदारी प्रस्तुत गर्दै सल्लाहकार यक्षध्वज कार्कीले


z