रनवे मर्मतपछि विमानस्थल सामान्य अवस्थामा

खरीबोट

काठमाडौँ। धावनमार्ग (रनवे) मा सामान्य धाँजा परेपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अहिले सामान्य अवस्थामा रहेको छ । 

रनवेको मर्मतको करीब १२ मिनेट समय विमान ‘होल्ड’ मा परेपनि तत्कालै मर्मतपछि उडान अवतरण सामान्य बनेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । साँझ करीब ५ः४० बजे विमानस्थलको कोटेश्वरतर्फको रनवेमा सामान्य धाजा फाटेको ‘क्रयाक’ भएको थियो । अवतरणको क्रममा रहेका कोरियन एयरलगायतका विमान होल्डमा थिए । 

वर्षायाममा विमानस्थलको कोटेश्वरतर्फको रनवेमा पटक–पटक समस्या आउने गरेको छ । विमानस्थलबाट आन्तरिकतर्फ हेलिकोप्टरसहित २० वटा र अन्तर्राष्ट्रियमा ३० वटा निजी वायुसेवा प्रदायक कम्पनीले सेवा दिदैँ आएका छन् । 

सम्बन्धित समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिँदै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिने भएको छ । विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिणपश्चिम क्षेत्रमा पाँच÷पाँचवटा विमान अट्ने गरी दुईवटा पार्किङ वे निर्माण भइरहेको छ ।  अबको पाँच महीनामा निर्माण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि सम्झौता, यसरी गरिन्छ मर्मत 

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नति अर्थात पुर्नसुधारको काम अघि बढेको छ । धावनमार्ग स्तरोन्नतिको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पाेरेसनसँग आज निर्माण सम्झौता भएसँगै

अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टापछि सञ्चालनमा आयो

काठमाडौँ। यती एयरलाइन्सको विमान दुर्घटनाका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीसमय अघिदेखि सञ्चालनमा आएको छ ।  झण्डै १२ घण्टादेखि अवरुद्ध विमानस्थल खुलेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य अवस्थामा सञ्चालन भएको विमानस्थलले

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै अवरुद्ध, खुलाउने प्रयास जारी (अपडेट)

काठमाडौं।  शनिबार बेलुकी ८ : ३० बजेदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबार बिहान सम्म पनि अझै सञ्चालनमा आउन सकेको छैन । धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको जहाजलाई तान्न नसक्दा विमानस्थल


z