• २०८१ बैशाख ६ बिहीबार

रनवे मर्मतपछि विमानस्थल सामान्य अवस्थामा

kharibot

काठमाडौँ। धावनमार्ग (रनवे) मा सामान्य धाँजा परेपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अहिले सामान्य अवस्थामा रहेको छ । 

रनवेको मर्मतको करीब १२ मिनेट समय विमान ‘होल्ड’ मा परेपनि तत्कालै मर्मतपछि उडान अवतरण सामान्य बनेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । साँझ करीब ५ः४० बजे विमानस्थलको कोटेश्वरतर्फको रनवेमा सामान्य धाजा फाटेको ‘क्रयाक’ भएको थियो । अवतरणको क्रममा रहेका कोरियन एयरलगायतका विमान होल्डमा थिए । 

वर्षायाममा विमानस्थलको कोटेश्वरतर्फको रनवेमा पटक–पटक समस्या आउने गरेको छ । विमानस्थलबाट आन्तरिकतर्फ हेलिकोप्टरसहित २० वटा र अन्तर्राष्ट्रियमा ३० वटा निजी वायुसेवा प्रदायक कम्पनीले सेवा दिदैँ आएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै