रूसद्वारा विमान आक्रमण प्रकरणमा इजरायली राजदूतसँग सोधपुछ

खरीबोट
ad

मस्को, रूस। रूसले सोमबार इजरायलद्वारा सिरियामा आफ्नो विमानमाथि आक्रमण गर्दा १५ जनाको मृत्यु भएको सन्दर्भलाई लिएर मङ्गलबार रूसका लागि इजरायली राजदूतसँग सोधपुछ गरेको छ । 

“सोमबार रूसी विमानमथि आक्रमण भएको र यसमा इजरायलको सम्लग्नता रहेको आशङ्कामा राजदूतसँग घटनाबारे सोधपुछ गरिएको छ,” रूसी रक्षा मन्त्रालयका सञ्चारसम्पर्क अधिकारीले एएफपीलाई बताए । 

इजरायलद्वारा रसियाली नागरिकको मृत्युप्रति दुःख ब्यक्त 

यसैबीच इजरायली सैनिकले जेरूसेलबाट दिएको प्रतिक्रियामा सिरियामा इजरायली हवाई आक्रमणका क्रममा संयोगबस रूसी सैनिक विमानमाथि लाग्दा भएको दुर्घटनामा परी मृत्यु भएका चालकदलका सदस्य तथा अन्य रूसी अधिकारी परेको भन्दै यसप्रति इजरायल दुःख व्यक्त गर्दछ भनिएको छ । 

तर इजरायलले घटनामा सिरियाली राष्ट्रपति बसर अल–असद र इरानलाई दोषी देखाएको छ । 

इजरायलले विमान चालक दलका सदस्यलगायतका अन्य रूसी अधिकारीको सिरियाली विमानभेदी आक्रमणमा सोमबार राति भएको मृत्युप्रति दुःख ब्यक्त गर्दछ, विमान दुर्घटनाबारे सेनाद्वारा पहिलो प्रतिक्रियारूवरूप जारी वक्तव्यमा भनिएको छ । 

इजरायले सैनिकले रूसी विमानलाई उडिरहेको अवस्थामा झारेको असद सरकारको सैनिक नै यसमा पूणर््तया जिम्मेवार रहेको जनाएको छ । इरान र हेजबुल्लाह आतङ्ककारी सङ्गठनलाई पनि यो दुर्भाग्यपूर्ण घटनामा दोषी रहेको इजरायलले जनाएको छ । 

सम्बन्धित समाचार

राष्ट्रसंघमा ट्रम्पकाे सम्बाेधनः इरानमाथिको प्रतिबन्ध सही कदम

न्यूयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले विश्वव्यापीकरणको विचारधारालाई अस्वीकार गरी देशभक्तिलाई अगाडि सारेको बताएका छन् ।  संयुक्त राष्ट्रसंघको न्यूयोर्क मुख्यालयमा आयोजित ७३औं महासभामा मङ्गलबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले हरेक मुलुकले

भारतमा विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम “मोदीकेयर” आरम्भ

नयाँदिल्ली। भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम आइतबार घोषणा गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताएका छन् ।  “मोदीकेयर” उपाधि

रूसद्वारा विमान आक्रमण प्रकरणमा इजरायली राजदूतसँग सोधपुछ

मस्को, रूस। रूसले सोमबार इजरायलद्वारा सिरियामा आफ्नो विमानमाथि आक्रमण गर्दा १५ जनाको मृत्यु भएको सन्दर्भलाई लिएर मङ्गलबार रूसका लागि इजरायली राजदूतसँग सोधपुछ गरेको छ ।  “सोमबार रूसी विमानमथि आक्रमण भएको र

लेबनानबाट दुईसय सिरियाली शरणार्थी फर्के

लेबनान । लेबनानको सिबाआ क्षेत्रबाट मङ्गलबार करिब दुईसय सिरियाली शरणार्थी आफ्नो गृहभूमि फर्केका छन । उनीहरु मस्नाआ सीमा इलाकालाई पार गर्दै आफ्नो गृहभूमि फर्केको स्थानीय समाचार समिति एनएनएले जानकारी दिएको


z