• २०८१ बैशाख ४ मंगलबार

३३ किलो सुन प्रकरण : एसपी खनाल पनि साधारण तारेखमा रिहा  

kharibot

विराटनगर । उच्च अदालत विराटनगरले निलम्बित एसपी विकासराज खनाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

साढे ३३ किलो सुन तस्करी प्रकरण र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणमा जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेका प्रहरीका निलम्बित एसपी विकासराज खनाल साधारण तारेखमा रिहा भएका हुन् ।

उच्च अदालत विराटनगरका न्यायाधीश नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको संयुक्त इजलाशले खनाललाई साधारण तारेखमा राखेर रिहा गर्ने आदेश गरेको हो । जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेका खनालले तत्कालीन मुलुकी ऐनअन्तर्गत अदालती बन्दोबस्तीको १७ नम्बर महलअन्तर्गत उच्च अदालत विरटानगरमा निवेदन दिएका थिए ।

उच्च अदालत विराटनगरले तत्काल प्राप्त प्रमाणबाट खनाललाई थुनामा राखिराख्नुपर्ने कारण नदेखिएकाले तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेर उच्च अदालतले रिहा गरेका निलम्बित प्रहरी अधिकारीमा खनाल तेस्रो हुन् ।

यस अघि  उच्च अदालत विराटनगरले गएको शुक्रबार प्रहरीका निलम्बित वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी तथा आइतबार निलम्बित प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रजित केसी पनि साधारण तारेखमा रिहा भएका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै