निर्मलाको हत्यारालाई कानुनी दायरामा ल्याउन माग गर्दै काँग्रेसको प्रदर्शन

खरीबोट

भीमदत्तनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्कीका १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै नेपाली काङ्ग्रेस कञ्चनपुरले प्रदर्शन गरेको छ । 

भीमदत्तनगर बजारमा प्रदर्शन गर्दै काङ्ग्रेस कञ्चनपुरले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई हत्यारालाई कारबाहीको मागसहित ज्ञापन पत्रसमेत बुझाएको छ । 

हत्या भएको ५५ दिन बितिसक्दा पनि वास्तविक हत्यारालाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै नेपाली काङ्ग्रेस कञ्चनपुरका पार्टी सचिव दिवाकर पाण्डेयले आफूहरुको मागबारे बेवास्ता गरिए शसक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए । उनले तेस्रो पटक काङ्ग्रेसले ज्ञापनपत्र बुझाएको स्मरण गराउँदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पेश गर्न आग्रह गरे । 

सम्बन्धित समाचार

निर्मलाको जन्मदिनको दिन जिल्ला प्रशासन अगाडि सडकमा होम 

कञ्चनपुर। निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएको नागरिक संघर्ष समितिले निर्मलाको आत्माको शान्तिको कामना गर्दै जिल्ला प्रशासन अगाडि सडकमा यज्ञ गरेको छ । नागरिक संघर्ष समितिको पूर्वघोषित

गहिरिँदो निर्मला प्रकरण, सरकारको गिर्दो साख र मन्त्रीका रवाफ 

काठमाडौं । शीर्षकको तीनवटा वाक्यांश अहिलेको यथार्थता हो । साउनमा भएको हत्या र बलात्कारको दोषी सरकारले चिन्न नसक्दा, प्रहरीले पत्ता नलाउँदा कञ्चनपुरकी बालिकाको हत्यारा र बलात्कारी को हो, कहाँ छ

निर्मला हत्याका दोषी पत्ता लगाउन सरकार निरन्तर अनुसन्धानमा छ : प्रधानमन्त्री ओली 

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताए ।  राष्ट्रिय मानव अधिकार आयोगले ७०औँ अन्तर्राष्ट्रिय मानवअधिकार

निर्मला हत्या प्रकरण : महानिरीक्षक खनालले भने - अनुसन्धानलाई प्रभावित पार्ने काम भयो

काठमाडौँ / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिएका छन् ।  राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले अनुसन्धानलाई साँघुरो


z