• २०८१ बैशाख ६ बिहीबार

पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिए अग्रिम टिकट बुकिङ्ग नगर्ने महासंघ चेतावनी

kharibot

काठमाडौँ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि फिर्ता नलिए दशैँका लागि गर्ने भनेको अग्रिम टिक बुकिङ्ग नगर्ने चेतावनी दिएको छ। 

आज एक विज्ञप्ति निकाल्दै महासंघले ४८ घण्टा भित्र पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता नलिए महासंघ अग्रिम टिकट बुकिङ्ग गर्न बाध्य नहुने जनाएको छ। गत आइतबार यातयात व्यवस्था विभागमा आइतबार भएको छलफलमा यातयात व्यवसायी अग्रिम टिकट खोल्न सहमत भएका थिए । छलफलमा व्यवसायीले भाडा समायोजन र समितिको बैंक खाता खोल्नुपर्ने शर्त राखेका थिए। 

विभागले बैक खाता खोल्न सम्वन्धित निकायलार्इ तत्कालै पत्र पठाएर सहजीकरण गर्ने र भाडा समायोजन चाडपर्व सकिने वित्तिकै कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएपछि व्यवसायीले टिकट खोल्न सहमत भएका थिए ।

यसै बीच नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ।

   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै