• २०८१ बैशाख ८ शनिबार

च्याम्पियन्स लिगमा मेसीको जादु,  ह्याट्रिक हानेर बार्सिलोनालाई जिताए 

kharibot

काठमाडौँ।  च्याम्पियन्स लिगमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ। गएराती भएको खेलमा नेदरल्यान्ड्सको क्लब पीएसभीविरुद्धको खेलमा बार्सिलोनाले ४-० को जित निकालेको छ।  

बार्सिलोनाको जितमा लियोनेल मेसीले ह्याट्रिक गरेका छन् भने एक गोल उसमान डेम्बेलेले गरेका थिए। मेसीले उत्कृष्ट फ्री-किक हान्दै खेलको ३१औ मिनेटमा पहिलो गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ७४औ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए। त्यसपछि मेसीले खेलको ७७औ र ८७औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए।

यस खेलमा बार्सिलोनाक साम्युएल उमटिटिले रातो कार्ड पाएका थिए।  खेलको ७९औ मिनेटमा दोहोरो पहेलो कार्ड पाए पछि उनि बाहिरिदा बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो।

यो सँगै बार्सिलोनाले घरेलु मैदान क्यामनाउमा पछिल्ला २७  च्याम्पियन्स लिग खेलमा २५ मा जित हासिल गर्न सफल भएको छ। मेसीले पनि यस खेल पछि विभिन्न रेकर्ड बनाएका छन्।  यस खेलमा गरेको ह्याट्रिक सहित मेसी च्याम्पियन्स लिगमा धेरै ह्याट्रिक हान्ने खेलाडी बनेका छन्।  मेसीले अहिलेसम्म कुल ८ ह्याट्रिक हानेका छन् भने क्रिस्टियानो रोनाल्डोले ७ ह्याट्रिक हानेका छन्। 

त्यस्तै मेसीले च्याम्पियन्स लिगमा ३० फरक क्लबविरुद्ध गोल गर्न सफल भएका छन्। मेसीभन्दा धेरै रोनाल्डोले ३२ तथा राउलले ३३ क्लबविरुद्ध गोल गरेका छन्। साथै यस खेलमा गरेको फि-किक गोल यस बर्ष मेसीले गरेको आठौ फ्री-किक गोल हो जुन अन्य खेलाडीको भन्दा बढी हो।

बार्सिलोनाले अब अर्को खेल ला लिग अन्तर्गत गिरोनासँग खेल्ने छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै