एशिया कपमा भारतलाई कडा टक्कर दिएर बाहिरियो हङकङ, आज भारत र पाकिस्तान खेल्दै 

खरीबोट

काठमाडौँ। एशिया कपमा हङकङले भारतलाई कडा चुनौती दिदै बाहिरिएको छ।  गएराती भएको खेलमा हङकङ भारतसँग २६ रनले पराजित भएपनि भारतलाई कडा टक्कर दिएको थियो। 

भारतले दिएको २८६ रनको लक्ष्य पछाएको हङकङले पहिल विकेटका लागि १७४ रनको रेकर्ड साझेदारी गर्दै भारतलाई समस्यामा पारेको थियो।  हङकङका लागि निजकत खानले ९२ रन र कप्तान अंशुमन राठले ७३ रन बनाएका थिए।  पहिलो विकेटका लागि रेकर्ड साझेदारी गरेका यी दुई ब्याट्सम्यान आउट भएपछि भने हङकङका अन्य खेलाडीले रन बनाउन सकेका थिएनन्। पहिलो खेल खेल्रिअहेक भारतका खालिल अहमदले हङकङका महत्वपूर्ण ३ विकेट लिएर भारतलाई जित दिलाएका थिए।  हङकङका लागि बबर ह्यातले १८ तथा इहशान खानले २२ रनको योगदान दिएका थिए।

भारतका लागि खालील अहमद र युजवेंद्र चहलले ३-३ विकेट लिएका थिए भने कुलदीप यादवले २ विकेट लिए । २८६ रनको लक्ष्य पछायाएको हङकङ ५० ओभरमा ८ विकेट गुमाउदै २५९ रन बनाउन सफल भएको थियो। 

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले उत्कृष्ट सुरुवात गरे पनि अन्त्य तिर डगमगाएको थियो।  भारतका सुरुवाती ब्याट्सम्यान शिखर धवनले १२७ रनको शतकीय पारि खेलेका थिए भने अम्बाती रायडुले ६० रन बनाएका थिए। त्यस्तै दिनेश कार्तिकले ३३ तथा केदार जादभले २८ रन बनाएका थिए। हङकङका बलरले खेलमा उत्कृष्ट कमब्याक गर्दै भारतलाई २८५ रनमा रोक्न सफल भएका थिए।  हङकङका बलर किञ्चित शाहले ३ तथा, एहशान खानले २ विकेट लिएका थिए।  त्यस्तै एहशान नवाज र अजिज खानले एक एक विकेट लिएका थिए। 

शतकीय पारी खेलेका भारतका शिखर धवन खेलको म्यान अफ द म्याच बनेका थिए। 

हारसँगै हङकङ एशिया कपमा दुवै खेल गुमाएर बाहिरिएको छ। आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीच खेल हुदै छ।  

सम्बन्धित समाचार

एशिया कपको समुह चरणबाट बाहिरएपछि भारतीय प्रशिक्षकको राजीनामा 

काठमाडौँ । भारत एसिया कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बहराइनसँग पराजित भएपछि भारतको यात्रा समाप्त भयो । नियमित ९० मिनेटसम्म बहराइनलाई गोलरहित बराबरीमा रोकेको भारतले

एशिया कप अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपाल २० स्वर्णसहित च्याम्पियन

काठमाडौँ । भारतको मुम्बइमा यही ७ र ८ गते सम्पन्न एशिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल च्याम्पियन बनेको छ । प्रतियोगितामा नेपाल खेलकूद विज्ञान प्रतिष्ठानको टोली काता र कुमेततर्फ

युथ एशिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्ने 

काठमाडौँ। बंगलादेशमा जारी एसीसी यू १९ युथ एशिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्ने भएका छन्। आज भएको दोस्रो सेमिफाइनलमा श्रीलंकाले अफगानिस्तानलाई ३१ रनले पराजित गरेपछि फाइनलमा पुग्ने दोस्रो

युथ एशिया कपमा युएइविरुद्ध नेपाल विजयी, रोहित र सन्दीपले जिताए   

काठमाडौँ। बंगलादेशमा जारी एसीसी यू १९ युथ एशिया कपमाको अन्तिम खेलमा नेपालले युएइलाई ३ विकेटले पराजित गरेको छ। युएइले दिएको २६९ रनको लक्ष्य नेपालले ४९.४ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको हो।  नेपालको जितमा


z