• २०८१ बैशाख ७ शुक्रबार

एशिया कपमा भारतलाई कडा टक्कर दिएर बाहिरियो हङकङ, आज भारत र पाकिस्तान खेल्दै 

kharibot

काठमाडौँ। एशिया कपमा हङकङले भारतलाई कडा चुनौती दिदै बाहिरिएको छ।  गएराती भएको खेलमा हङकङ भारतसँग २६ रनले पराजित भएपनि भारतलाई कडा टक्कर दिएको थियो। 

भारतले दिएको २८६ रनको लक्ष्य पछाएको हङकङले पहिल विकेटका लागि १७४ रनको रेकर्ड साझेदारी गर्दै भारतलाई समस्यामा पारेको थियो।  हङकङका लागि निजकत खानले ९२ रन र कप्तान अंशुमन राठले ७३ रन बनाएका थिए।  पहिलो विकेटका लागि रेकर्ड साझेदारी गरेका यी दुई ब्याट्सम्यान आउट भएपछि भने हङकङका अन्य खेलाडीले रन बनाउन सकेका थिएनन्। पहिलो खेल खेल्रिअहेक भारतका खालिल अहमदले हङकङका महत्वपूर्ण ३ विकेट लिएर भारतलाई जित दिलाएका थिए।  हङकङका लागि बबर ह्यातले १८ तथा इहशान खानले २२ रनको योगदान दिएका थिए।

भारतका लागि खालील अहमद र युजवेंद्र चहलले ३-३ विकेट लिएका थिए भने कुलदीप यादवले २ विकेट लिए । २८६ रनको लक्ष्य पछायाएको हङकङ ५० ओभरमा ८ विकेट गुमाउदै २५९ रन बनाउन सफल भएको थियो। 

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले उत्कृष्ट सुरुवात गरे पनि अन्त्य तिर डगमगाएको थियो।  भारतका सुरुवाती ब्याट्सम्यान शिखर धवनले १२७ रनको शतकीय पारि खेलेका थिए भने अम्बाती रायडुले ६० रन बनाएका थिए। त्यस्तै दिनेश कार्तिकले ३३ तथा केदार जादभले २८ रन बनाएका थिए। हङकङका बलरले खेलमा उत्कृष्ट कमब्याक गर्दै भारतलाई २८५ रनमा रोक्न सफल भएका थिए।  हङकङका बलर किञ्चित शाहले ३ तथा, एहशान खानले २ विकेट लिएका थिए।  त्यस्तै एहशान नवाज र अजिज खानले एक एक विकेट लिएका थिए। 

शतकीय पारी खेलेका भारतका शिखर धवन खेलको म्यान अफ द म्याच बनेका थिए। 

हारसँगै हङकङ एशिया कपमा दुवै खेल गुमाएर बाहिरिएको छ। आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीच खेल हुदै छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै