• २०८१ बैशाख १४ शुक्रबार

प्रतिष्पर्धात्मक खेलमा पिएसजीविरुद्ध फिर्मिनोले लिभरपुललाई जिताए 

kharibot

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले पिएसजीलाई पराजित गरेको छ।  गएराती भएको खेलमा लिभरपुलले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।     

पिएसजीको जितमा रोबोर्ट फिर्मिनोले खेलको अन्तिम मिनेटमा गोल गर्दै जित दिलाएका थिए।  २-२ गोलको बराबरीमा रहेको अवस्थामा फिर्मिनोले खेलको ९१औ मिनेटमा गोल गर्दै पिएसजीसँग महत्वपूर्ण जित हासिल गरेका थिए। 

यसअघि लिभरपुलका लागि डेनियल स्टाउरेज र जेम्स मिल्नरले गोल गरेका थिए भने पिएसजीका लागि किलियन एम्बाप्पे र थोमस मेनुएरले गोल गरेका थिए। यस खेलमा गोल गरेसँगै फिर्मिनोले गत सिजनदेखि अहिलेसम्म च्याम्पियन्स लिगमा १८ गोलमा आफ्नो योगदान दिदै च्याम्पियन्स लिगमा सबै भन्दा बढी गोलमा योगदान दिने खेलाडी बनेका छन्। उनले ११ गोल गरेका छन् भने ७ गोल असिस्ट गरेका छन्।   

 यो संगै लिभरपुलले सन् १६१-६२ पछि पहिलो पटक च्याम्पियन्स लिगको पहिल खेल लगातार छैठौ बर्ष जितेको छ। 

लिभरपुलले अब अर्को खेलमा प्रिमियर लिगमा साउथहम्पटनको सामना गर्ने छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै