• २०८१ बैशाख १२ बुधबार

टोटनह्याममाथि इन्टरमिलानको नाटकीय जित

kharibot

काठमाडौँ।  इटालियन क्लब इन्टर मिलानले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ।  गएराती भएको खेलमा प्रिमियर लिग क्लब टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले विजयी सुरुवात गरेको हो। 

इन्टर मिलानको जितमा मातियास भेकिनोले निर्णायक गोल गरेका थिए। उनले खेलको ९२औ मिनेटमा गोल गर्दै इन्टर मिलानलाई नाटकीय जित दिलाएका थिए । १-१ को बराबरी रहको अवस्थामा खेलको अन्तिम मिनेटमा भेकिनोले गोल गरेका थिए।  

यसअघि पहिलो हाफमा बिना कुनै गोल सकिएको खेलमा खेलको ५३औ मिनेटमा क्रिस्टियन इरिक्सनको गोलमा टोटनह्यामले सुरुवाती अग्रता लिएको थियो।  तर खेलको ८५औ मिनेटमा माउरो आकार्डीले गोल गर्दै खेल बराबरी गरेका थिए।

इन्टर मिलानले च्याम्पियन्स लिगमा पहिला गोल खाएर सन् २०१० पछि पहिलो पटक कुनै खेल जितेको छ। त्यस्तै अर्जेंटेनी स्ट्राइकर आइकार्डीले इन्टरका लागि सबै प्रतियोगितामा कुल १०८ गोल गरेका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै