• २०८१ बैशाख १३ बिहीबार

ढाड र कम्मरको दुखाइबाट छुट्कारा दिलाउने रामवाण उपाय 

kharibot

ढाड र कम्मरको दुखाइ सामान्यतया अधिकांशमा हुने समस्या हो । यो सबै उमेर समूहका व्यक्तिलाई हुन सक्छ । यसले मानिसको दैनिकीमा ठूलो असर पुर्याउँछ ।

ढाड दुख्ने रोग लागेमा दिनहुँ गरिरहनुपर्ने काम गर्न, निहुरिन, हिँडडुल गर्न र आरामले सुत्न समेत समस्या हुन्छ । कतिपय मानिसहरू विशेषगरी वृद्धवृद्धा ढाडकै समस्याले कुप्रो परेर हिँड्ने गर्छन् । यो रोेग बढ्दै गएमा ओच्छ्यानमा नै पूरा जीवन जान पनि सक्छ । त्यसैले ढाडको दुखाइबाट बच्न हरेक उमेरका व्यक्तिले विशेष सतर्कता अपनाउनै पर्छ । 

यी तरिका अपनाएमा ढाडको दुखाइबाट छुट्कारा पाउन सकिन्छ :

मालिस गर्नु :
बिहान वा बेलुका तोरी, सस्र्युं अथवा नरिवलको तेल तताएर त्यसमा लसुन र मेथी फुराउनुहोस् । तेल सेलाएपछि त्यसले ढाड र कम्मरको मालिस गर्नाले मांसपेशीलाई लचिलो बनाउनुका साथै रक्तसञ्चारमा पनि सहयोग गर्छ । यसले ढाड–कम्मरमा भएको सुजन पनि कम गर्छ । 

तुलसीको रस :
घरमा देवताको रूपमा पूजा गरिने तुलसी बहुउपयोगी जडीबुटी हो । यसले स्वास्थ्यलाई निकै फाइदा पु¥याउँछ । ८–१० ओटा तुलसीको पात टिपेर एक कप पानीमा उमाल्नुहोस् । पानी करीब आधा घटेपछि सेलाउन छोडिदिनुहोस् । यसमा थोरै नुन हालेर दिनको एकपटक नियमित रूपमा सेवन गर्नाले ढाडको दुखाइ कम गर्नुका साथै शरीरको अन्य रोगको निवारणमा पनि यो सहयोगी हुन्छ । यदि ढाडको दुखाइ बढी नै छ भने दिनको दुई पटक तुलसीको रस पिउनु निकै लाभदायक हुन्छ । 

लसुन : 
लसुन पनि धेरै गुणले युक्त वनस्पति हो । दिनहुँ खाली पेटमा लसुन र ल्वाङ खानाले यसले आम नेपालीमा हुने ग्यास्ट्रिक त ठीक गर्छ नै, साथै ढाड–कम्मरको दुखाइ पनि निकै कम गर्छ । त्यस्तै, लसुन र अदुवा पिसेर तोरीको तेल मिसाई लेप बनाएर दुखेको ठाउँमा लगाउँदा यसले दुखाइबाट निकै राहत दिन्छ । यसरी बनाइएको लेप दिनहुँ लगाई १५ मिनेट देखि आधा घण्टासम्म राख्नाले ढाड–कम्मरको दुखाइमा यो रामवाण सिद्ध हुन सक्छ । 

बाफले सेक्ने : 
पानीमा नुन मिसाई उमालेर त्यसमा नरम कपडा डुबाएर सेक्नाले ढाड–कम्मरको दुखाइबाट छुट्कारा मिल्छ । 

केमोमाइल टी (दामिनीको चिया) : 
केमोमाइल टी अथवा दामिनी फूलबाट तयार पारिएको चियाले शरीरको तापक्रम बढाउनुका साथै हाडजोर्नीमा भएको दुखाइ पनि कम गर्छ । विशेष गरी जाडो मौसममा केमोमाइल टी खाने खाने चलन बढी छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै