• २०८१ बैशाख ७ शुक्रबार

यु–१६ महिला फुटबल च्याम्पियनसिप : नेपाल फिलिपिन्ससँग ४-० ले पराजित 

kharibot

काठमाडौँ। नेपालमा आयोजना हुने एएफसी १६ वर्षमुनि (यु–१६) महिला फुटबल च्याम्पियनसिपको  समुह इ को पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४-० ले पराजित भएको छ। 

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएकोखेलमा नेपालले फितलो प्रदर्शन गर्दै ४-० ले पराजित भएको छ ।

विभिन्न छ समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताअन्तर्गत समूह ‘इ’ को खेल नेपालमाआज देखि सुरु भएको हो । प्रतियोगिताअन्तर्गत नेपाल समूह ‘इ’ मा छ । नेपालको समूहमा फिलिपिन्स, म्यानमार र मलेसिया छन् । 

अब नेपालले दोस्रो खेल ५ गते म्यान्मारसँग तथा छनोटको अन्तिम खेल ७ गते मलेसियासंँग खेल्नेछ । समूहको विजेता टोलीले दोस्रो चरणको यात्रा तय गर्नेछन् । 

यस्तै छनोटमा सहभागी छ समूहको उपबिजेतामध्ये उत्कृष्ट दुई टोलीले दोस्रो चरणको यात्रा तय गर्नेछन् । दोस्रो चरणको छनोटमा शीर्ष स्थान हासिल गर्ने चार टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको लागि छनोट हुनेछन् । 

उक्त प्रतियोगिताको लागि आयोजक थाइल्याण्डसहित, दक्षिण कोरिया, जापान र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भइसकेका छन् । नेपाली टोलीको गोलकिपरमा साबित्री किसान, पूजा थापा, करिना धिमाल छन् । 

त्यस्तै, डिफेन्समा सजना ठोकर, खुस्मा राई, पुष्पा गुरुङ, सविना चौधरी, भावना थापा, सुरक्षा सिंह, र मनमाया परियार छन् । मिडफिल्डमा प्रिति राई, मुना मगर, सुरक्षा सुखरीया, रजनी रानामगर, सबिता रानामगर, सुष्मा तामाङ, मनिका घर्तीमगर, अस्मिता चौधरी र मनिषा विष्ट छन् । 

फरवार्डमा श्रीषा कार्की, मन्दिरा राई, चन्द्रिका भण्डारी र निकिता ठोकर छन् भने टोलीको मुख्य प्रशिक्षकमा गङ्गा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षकमा बिनोद महर्जन छन् । उक्त छनोट चरणको सबै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा हुनेछ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै