• २०८१ बैशाख ७ शुक्रबार

दुई किशोरीमाथि तेजाव आक्रमण गर्ने पक्राउ, अनुसन्धान जारी  

kharibot

काठमाडौँ। एक साताअघि रौतहटका दुई बालिकालाई तेजाब आक्रमण गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार रौतहट चन्द्रपुर–६ का ५० वर्षीय रामबाबु पासवानलाई पक्राउ गरिएको हो।

१८ वर्षीया सम्झना र १५ वर्षीया सुस्मिता दासलाई भदौ २६ गते राति करिब १२ बजे घरमा सुतिरहेको अवस्थामा अनुहारमा तेजाब प्रहार गरिएको थियो। मंगलबार पासवानलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले बताएको छ। 

मोबााइल कल डिटेल, पीडित किशोरीका बाबुको किटानी जाहेरी, किशोरीको बयानको आधारमा अस्पतालमा नै बिरामीसँगै गएका पीडितका छिमेकी पासवानलाई प्रहरीले पक्राउ गरेको हो। 

घटना भएको छ दिनपछि प्रहरीले पासवानलाई किशोरीहरूको उपचार भइरहेको कीर्तिपुरस्थित अस्पतालबाट पक्राउ गरेको हो। पासवानले घटनापछि घाइते भएका दुई किशोरीहरूको उपचारमा सहयोग गरेको नाटक गर्दै काठमाडौंसम्म पुगेको प्रहरीको दाबी छ । आरोपीको हातमा तेजाबले पोलेजस्तो घाउ पनि देखिएको छ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै