मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ

खरीबोट
ad

क्वालालम्पुर। मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ । 

राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । नाजिब र उनका सहकर्मीहरुले राज्य कोषको दुरुपयोग गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो । 

गत मे महिनामा भएको निर्वाचनमा पनि नाजिबले राज्यको शक्ति र श्रोतको दुरुपयोग गरेको आरोप लगाउदै महाथिर मोहम्मद नेतृत्वको गठबन्धनले जित हासिल गरेको थियो । उहाँको गठबन्धनले नै अहिले सरकार बनाएको छ । 

विगतमा रजाककै संरक्षक रहनु भएका ९३ वर्षीय महाथिरले नाजिबले मुलुकलाई सही दिशातिर लैजान नसकेको भन्दै आफू फेरि राजनीतिमा फर्किनु परेको चुनावी नारा बनाएका थिए । 

नयाँ सरकार बनेको केही समयमै पूर्व प्रधानमन्त्री नाजिबलाई अनियमिततासम्बन्धी सात वटा आरोप लगाइएको थियो । तर पक्राउ भने बुधबार गरिएको छ । 

पक्राउ परेका नाजिबलाई बिहीबार दिउँसो अदालतमा लगिने भएको छ । त्यहाँ उहाँका विरुद्धमा लगाइएका आरोपहरुका बारेमा मुद्दा चलाउन लैजान लागिएको भ्रष्टाचारविरुद्धको आयोगले जनाएको छ । 

सम्बन्धित समाचार

मलेसियामा अन्बर इब्राहिम प्रधानमन्त्री बन्ने चर्चा  

पोर्ट सिडक्सन, मलेसिया। मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन् ।  प्राप्त समाचारअनुसार मलेसियाको मुलधारको राजनीतिमा आउने तयारी गरिरहेका नेता इब्राहिमलाई मलेसियाका नागरिकले आगामी प्रधानमन्त्रीका रुपमा

टि-२० विश्वकपका लागि एशिया पूर्वी क्षेत्रबाट नेपाल, सिंगापुरसँगै आयोजक मलेसिया छनौट 

काठमाडौँ।  मलेसियामा जारि आईसीसी टि-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत आयोजक मलेसिया टि-२० विश्वकपको दोस्रो चरणको एशिया छनौटका लागि छानिएको छ।  आज भएको अन्तिम खेलमा चीनलाई १० विकेटले पराजित गर्दै

टी–२० विश्वकप छनौटमा नेपालको लगातार दोस्रो जित, आयोजक मलेसियाविरुद्ध ८ विकेटले विजयी 

काठमाडौँ। सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगिताअन्तर्गत नेपालले आयोजक मलेसियालाई पराजित गरेको छ। आज भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो।  मलेसियाले दिएको

मलेसिया १०० रनमा अलआउट, सन्दीपले लिए ५ विकेट 

काठमाडौँ। सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगिताअन्तर्गत अहिले नेपाल र मलेसियाबीच खेल भइरहेको छ।  जारी खेलमा मलेसियाले नेपाललाई १०१ रनको लक्ष्य दिएको छ। टस जितेर


z