• २०८१ बैशाख ७ शुक्रबार

मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ

kharibot

क्वालालम्पुर। मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ । 

राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । नाजिब र उनका सहकर्मीहरुले राज्य कोषको दुरुपयोग गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो । 

गत मे महिनामा भएको निर्वाचनमा पनि नाजिबले राज्यको शक्ति र श्रोतको दुरुपयोग गरेको आरोप लगाउदै महाथिर मोहम्मद नेतृत्वको गठबन्धनले जित हासिल गरेको थियो । उहाँको गठबन्धनले नै अहिले सरकार बनाएको छ । 

विगतमा रजाककै संरक्षक रहनु भएका ९३ वर्षीय महाथिरले नाजिबले मुलुकलाई सही दिशातिर लैजान नसकेको भन्दै आफू फेरि राजनीतिमा फर्किनु परेको चुनावी नारा बनाएका थिए । 

नयाँ सरकार बनेको केही समयमै पूर्व प्रधानमन्त्री नाजिबलाई अनियमिततासम्बन्धी सात वटा आरोप लगाइएको थियो । तर पक्राउ भने बुधबार गरिएको छ । 

पक्राउ परेका नाजिबलाई बिहीबार दिउँसो अदालतमा लगिने भएको छ । त्यहाँ उहाँका विरुद्धमा लगाइएका आरोपहरुका बारेमा मुद्दा चलाउन लैजान लागिएको भ्रष्टाचारविरुद्धको आयोगले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै