संविधान कार्यान्वयनको अध्याय अधुरो : काँग्रेस 

खरीबोट
ad

काठमाडौँ।  नेपाली काँग्रेसले संविधान कार्यान्वयनको पछिल्लो अध्याय अझै अधुरो रहेको जनाएको छ । 

संविधानसभाद्वारा निर्मित संविधानको चौथो वर्ष प्रवेशका अवसरमा आज केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा संविधान कार्यान्वयन, अपनत्व विस्तार, पालनाका काम अझै अधुरो रहेको जानकारी गराइयो । 

काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयन तीन तहको निर्वाचन सम्पन्न भई ऐतिहासिक चरण पूरा भए पनि निर्वाचनले संस्थागत गरेको संविधानको समग्र सफलताका लागि राख्नुपर्ने गाम्भीर्यता वर्तमान सरकारवाट प्रस्तुत हुन नसकेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

“सङ्घीयतालाई बलियो बनाउने ढङ्गले केन्द्रीय सरकारले इच्छाशक्ति र क्षमता प्रस्तुत गर्न सकेन, दुईबाहेक अन्य प्रदेशको नामाकरणसमेत हुन सकेको छैन, प्रदेश राजधानीको अन्तिम निर्णयले गम्भीरतापूर्वक विषय प्रवेशसमेत पाएको छैन,” उनले भने । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग निर्माण गर्न सरकारले ढिलाइ गर्दा जथाभावी कर निर्धारण भई सङ्घीयतालाई अलोकप्रिय बनाउने योजनालाई बल पुगेको प्रवक्ता शर्माको भनाइ छ । 

उनले सङ्घीय सरकार र प्रदेश सरकारबीच सहज सम्बन्ध स्थापित नगरिएका कारण दुई द्वन्द्व सार्वजनिक भेलामार्फत प्रकट भई नकारात्मक प्रभाव बढाएको बताए । 

सरकारमा रहेका केहीले संविधान दिवस मनाइरहँदा सरकारमै बसेर कसैले यो दिवस नमान्ने, नमनाउने र कतिपयले कालो दिन नै घोषित गर्ने दुनियाँमा कहीँ नभएको विचित्रको चित्र प्रस्तुत भइरहेको प्रवक्ता शर्माले उल्लेख गरे । 

“प्रतिपक्षलाई प्रतिपक्ष होइन भन्ने अभिव्यक्ति, निषेधाज्ञा, टेलिभिजनका प्रस्तोतालाई कारवाही, समाचार साभार गरेकामा पत्रकारलाई हतकडी जस्ता उदाहरणले लोकतान्त्रिक प्रक्रियाबाट बनेको नयाँ सरकार लोकतान्त्रिक चरित्रको बन्न सकेन,” प्रवक्ता शर्माले भने । 

नागरिकको मुख्य अपेक्षा शान्तिसुरक्षा र समृद्धि भए पनि पूरा हुन नसकेको उल्लेख गर्दै उहाँले सरकार बनेपछिको सात महीनामा शान्तिसुरक्षाको स्थिति बिग्रिएको ठहर काँग्रेसले गरेको बताए  । कालो धब्बा बन्न पुगेको निर्मला पन्त प्रकरणमा दोषीलाई जोगाउन र निर्दोषलाई दोषी करार गर्न खोज्ने, न्याय माग्दा गोली चलाई अर्को बालक मारिनु दुःखद रहेको प्रवक्ता शर्माको भनाइ छ । 

कालो दिवस दोहोरो चरित्र 

सम्मेलनमा उपसभापति बिमलेन्द्र निधिले मधेशवादी दलले संविधानअनुसार निर्वाचनमा भाग लिने तर संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउनु दोहोरो चरित्र भएको बताए । 

सरकारले प्रदेश सरकारलाई सुरक्षा, निजामती लगायतका कर्मचारी नदिई सङ्घीयता नै असफल बनाउन खोजेको उनको आरोप छ ।

सम्बन्धित समाचार

काँग्रेस नेता चन्द्र भण्डारीले विपन्न माझी र बोटे समुदायसँग दशै मनाए

गुल्मी। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गृह जिल्ला गुल्मीका विपन्न माझी र बोटे समुदायसँग दशै मनाएका छन् । विगत तीन वर्षदेखि आफ्नो निर्वाचन क्षेत्रका पिछडिएको समुदायसँग सामुहिक टिका आदानप्रदान गरि विजयादशमी

कांग्रेसले दसैंको शुभकामना दिँदै भन्यो : दलगत स्वार्थभन्दा माथि उठौ 

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दसैंको शुभकामना दिँदै आर्थिक विकासको लागि दलगत स्वार्थ र सीमा भन्दामाथि उठेर अगाडि बढ्न आह्वान गरेको छ।   सभापति शेरबहादुर देउवाद्वारा जारी  विज्ञप्तिमा आर्थिक विकासप्रति जनताको

अलबिदा बास्तोला !

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीरप्रति पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जलि दिँदै सभापति शेरवाहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललगायत । तस्वीर : प्रदीपराज

दिवंगत नेता बाँस्तोलाको शोकमा कांग्रेसले सबै जिल्ला कार्यालय एक दिन बन्द गर्ने 

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना दिवंगत नेता चक्र बाँस्तोलाको निधनमा शोकस्वरुप सबै जिल्ला कार्यालय भोलि एक दिनका लागि बन्द गर्ने भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको


z