भलेन्सियामाथि युभेन्ट्सको जित, रातो कार्ड पाएका रोनाल्डो रुदै बाहिरिए 

खरीबोट

काठमाडौँ। इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। गएराती भएको खेलमा स्पेनिस क्लब भलेन्सियालाई २-० ले पराजित गर्दै यस सिजनमा विजयी सुरुवात गरेको हो। 

युभेन्टसले क्रिस्टियानो रोनाल्डोलाई खेलको २९औ मिनेटमा रातो कार्डको रुपमा गुमाएर १० खेलाडीमा सिमित भएर पनि भलेन्सियालाई पराजित गरेको हो। युभेन्टसका लागि युभेन्टसका लागि दुवै गोल मिरालेम पजानिकले पेनाल्टीबाट गरेका थिए। उनले पहिलो गोल खेलको ४५औ मिनेटमा र दोस्रो गोल खेलको ५१औ मिनेटमा गरेका थिए। 

रोनाल्डोले खेलको २९औ मिनेटमा भलेन्सियाक खेलाडीको कपाल तानेका थिए।  सो घटना पछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए। रातो कार्ड पाएपछि रोनाल्डो रुदै मैदान छोडेका थिए। रातो कार्ड पछि रोनाल्डोले अब आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेडसँग हुने हेल गुमाउने भएका छन्। युइएफएले रातो कार्ड पाएपछि एक खेल अनिवार्य  प्रतिबन्ध हुने नियम रोनाल्डोलाई पनि लगाएको छ। यसै सिजन युभेन्टस आएका ३३ बर्षिय रोनाल्डोको रातो कार्ड प्रकरणले युभेनता को यस सिजन च्याम्पियन्स लिग जित्ने योजनामा अलिकति धक्का लागेको छ। 

 

रोनाल्डोको च्याम्पियन्स लिगमा १५३ खेलमा यो पहिलो रातो कार्ड हो। यो सहित युभेन्ट्सले च्याम्पियन्स लिगमा २६ रातो कार्ड पाउदै अहिलेसम्म धेरै रातो कार्ड पाउने क्लब बनेको छ। 

युभेन्टसले अब अर्को खेल सिरी ए अन्तर्गत फ़्रोसिनोनसँग खेल्ने छ भने भलेन्सियाले स्पेनिस ला लिगा अन्तर्गत भिल्लारियलसँग खेल्ने छ। 

सम्बन्धित समाचार

रोनाल्डोको गोल च्याम्पियन्स लिगको यस सिजनको उत्कृष्ट गोल

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडविरुद्ध समुह चरणमा गरेको गोल च्याम्पियन्स लिगको यस सिजनको उत्कृष्ट गोल छनौट भएको छ । यस सिजनको च्याम्पियन्स लिगको टप १० गोलको सुची युइएफएले बनाएको ९

च्याम्पियन्स लिगको सिजन टिममा लिभरपुलका ६ खेलाडी

काठमाडौँ । च्याम्पियन्स लिग सकिए सँगै यस सिजनको च्याम्पियन्स लिगको टिमको घोषणा गरिएको छ । युइएफएले घोषणा गरेको २० सदस्यीय च्याम्पियन्स लिगको यस सिजनको टिममा विजेता लिभरपुलबाट मात्र ६ खेलाडी परेका

च्याम्पियन्स लिग फाइनलमा युवती कपडा खोलेर मैदानमा प्रवेश गरेपछि...

काठमाडौँ । स्पेनको क्लब एथलेटिको म्याड्रिडको घरेलु मैदान मड्रिडस्थित मेट्रोपोलिटानो मैदानमा गएराती सम्पन्न लिभरपुल र टोटनह्यामबीच च्याम्पियन लिगको फाइनल खेल चलिरहदा एक युवती आफ्ना कपडा खोलेर मैदानमा प्रवेश गरेको विषय

च्याम्पियन्स लिगको उपाधि लिभरपुलले जित्यो 

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको उपाधि लिभरपुलले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा लिभरपुलले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो । लिभरपुलको जितमा मोहमद सलाह


z