• २०८१ बैशाख ८ शनिबार

पुर्वप्रेमीको अफर ज्याक्लिनले अस्विकार गरेपछि हाउसफुल ४ मा मलाइकाको इन्ट्री 

kharibot

मुम्बई। बलिवुडमा अभिनेता, अभिनेत्री तथा निर्माता, निर्देशकको रोमान्स र ब्रेकअपको खबर जहिलेपनि चर्चामा आउने गर्दछ। यसैबीच अभिनेत्री ज्याकलिन फर्नान्डिस र निर्देशक साजिद खान फेरी चर्चामा रहेका छन्। 

यसअघि अफयेर्समा रहेर ब्रेकअप गरेका ज्याक्लिन र साजिद अहिले फेरी हाउसफुल ४ फिल्मका कारण चर्चामा आएका हुन्। साजिदले बनाउन थालेको हाउसफुलको चौथो संस्करणमा उनले आफ्नी पुर्वप्रेमिका ज्याक्लिनलाई एक आइटम गीतमा लिन खोजेका थिए तर ज्याक्लिनले आफ्ना पूर्वप्रेमीको सो अफरलाई अस्विकार गरेकी छन्। 

साजिदले हाउसफुल जस्तो सुपर हिट सिरिजका लागि ज्याक्लिनले अस्विकार नगर्ने विश्वास गरेर उनलाई अफर गरेको तर आफूसँग साजिदले गरेको ब्रेकअपबाट ज्याक्लिन अझै दुखि रहेकोले सो अफर अश्विकार गरेको बलिवुडमा चर्चा चलेको छ। ज्याक्लिन र साजिद हाउसफुल-२ बात नजिक आएका थिए भने त्यसपछि उनीहरुबीच अफयेर्स चलेको थियो। 

ज्याक्लिनको अस्विकारपछि हासुफुल ४ मा मलाइका अरोराले सो आइटम गीत गर्ने भएकी छन्। अरबाजसँगको डिभोर्सपछि अर्जुन कपुरसँग अफ्येर्समा रहेको चर्चाका बीच मलाइकाले हाउसफुल ४ को आइटम गीत गर्ने भएकी हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै