• २०८१ बैशाख १२ बुधबार

चन्द्रमाको पहिलो पर्यटक बन्दै मेजावा

kharibot

अमेरिका । सामान्यतया हामी चन्द्रमा जाने सपना देख्छौं । तर, एक व्यक्तिको यो सपना केही वर्षभित्रै साकार हुँदै छ । एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले चन्द्रमामा जाने पहिलो पर्यटकको नाम घोषणा गरेको छ । 

४२ वर्षीय जापानी अर्बपति व्यापारी युसाकु मेजावा चन्द्रमामा जाने संसारकै पहिलो पर्यटक अथवा प्राइभेट प्यासेञ्जर हुन् । स्पेसएक्सले सन् २०२३ सम्म चन्द्रमामा मेजावालाई पठाइने योजना बनाएको हो । सन् १९७२ पछि चन्द्रमामा मान्छे पठाउन लागिएको यो पहिलो पटक स्पेसएक्सले आफ्नो क्यालिफोर्नियास्थित मुख्यालयबाट बताएको छ । 

यद्यपि, यो भ्रमणको समय रकेट बन्ने समयले निर्धारण गर्नेछ । स्पेसएक्सका कार्यकारी अधिकारी एलन मस्कले भनेका छन्, ‘अहिलेसम्म हामी चन्द्रमामा रकेट पठाउँछौं नै भन्ने शत प्रतिशत निश्चय भने गरिसकेका छैनौं ।’

स्पेसएक्सले सन् २०१६ मा बिग फाल्कन रकेट लन्च गरेको थियो । यसलाई आम मानिसलाई अन्तरिक्षमा लैजाने दिशामा ठूलो कदम मानिएको छ । 
युसाकु जापानका व्यवसायी हुन् । उनले अघिल्लो वर्ष न्यूयोर्कका कलाकार जिन मिसेल बास्केटको पेण्टिङ करीब ११ करोड डलरमा किनेर चर्चामा आएका थिए । उनले यस भ्रमणका लागि त्योभन्दा पनि निकै बढी रकम तिरेको बताएका छन् । यद्यपि, उक्त भ्रमणको लागि कति रकम तिरेका छन्, त्यो भने उनले बताउन चाहेनन् । 

उनले आफूसँगै चन्द्रमाको यात्रामा अन्य ६ कलाकारलाई पनि साथै लैजाने अनुमति मागेका छन् । पृथ्वीमा फर्किएपछि उनी उक्त यात्राको अनुभव कलाकारिताबाट व्यक्त गर्न चाहन्छन् ।  उनले भनेका छन्, ‘यी चित्रहरूले हरेक व्यक्तिभित्र लुकेको सपनालाई जगाउने काम गर्नेछ ।’

अहिलेसम्म कुल २४ जना चन्द्रमामा पुगिसकेका छन् र ती सबै अमेरिकी हुन् । सन् १९७२ को डिसेम्बरमा अमेरिकी स्पेस एजेन्सी नासाले अन्तिमपटक चन्द्रमामा मानिसलाई उतारेको थियो । युसाकु चन्द्रमामा पुगे भने उनी चन्द्रमामा पुग्ने अमेरिकी मुलभन्दा बाहिरका पहिलो व्यक्ति हुनेछन् ।

युसाकु चन्द्रमामा नओर्ली चन्द्रमाको याात्रा गर्ने बताइएको छ । उनी बिग फाल्कल रकेटको माध्यमले चन्द्रमामा गई पृथ्वीमा फर्किनेछन् । सोमवार मस्कले भीएफआरको नयाँ डिजाइनको उक तस्वीर ट्वीटरमा पोस्ट गरेका थिए । यो पछिल्लो स्पेसक्राफ्टभन्दा केही फरक छ । 

सन् २०१७ मा एलन मस्कले चन्द्रमामा २ जना व्यक्तिलाई भ्रमणको रूपमा पठाउने घोषणा गरेका थिए । फेरि एलन मस्कले फेब्रुअरीमा स्पेसएक्सले भविष्यको योजनाको लागि बीएफआरमा काम गरिरहेको बताएका थिए । यहीँबाट यो योजना अघि बढेको बताइएको छ । 

एलन मस्क सिलिकन भ्यालीका चिरपरिचित व्यवसायी हुन् । उनी इलेक्ट्रिक कार बनाउने टेस्ला कम्पनीका संस्थापक पनि हुन् । उनले सन् २००२ मा अन्तरिक्ष कम्पनी स्पेसएक्सको प्रारम्भ गरेको थिए । सन् २०१७ मा कम्पनीले एक रकेट अन्तरिक्षमा पठाएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै