• २०८१ बैशाख ४ मंगलबार

सुनसरीको भुटाहामा गोली प्रहारबाट एकजनाको हत्या

kharibot

इटहरी।  सुनसरीको भुटाहामा गोली प्रहारबाट एकजनाको हत्या भएको छ। अज्ञात समूहको गोली प्रहारबाट स्थानीय शिक्षक खुर्सिद आलमको मृत्यु भएको हो। आलममाथि भारतीय समूहले गोली प्रहार गरेको स्थानीयले दावी गरेका छन्।

भुटाहा गाउँपालिकामा भारतबाट आएका चारजनाको समूहले बिहान करिब साढे ११ बजे शिक्षकमाथि गोली प्रहार गरेको स्थानीयले बताएका हुन्। जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको कार्यालयले जानकारी दिएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै