• २०८१ बैशाख ६ बिहीबार

सेयर बजार ऋणात्मक, तीन दसमलव ७४ अंकले बजार घट्दा ५५ करोडको सेयर किनबेच

kharibot

काठमाडौं। साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि सेयर बजार ऋणात्मक देखिएको छ । नेप्से आज तीन दसमलव ७४ अंकले घटेर १२ सय ५५ दसमलव सात बिन्दुुमा झर्दा सेन्सिटिभ शुन्य दसमलव ५१ अंकले घटेर दुुई सय ६६ दसमलव नौ बिन्दुमा झरेको छ । 

एक सय ६७ कम्पनीहरुको पाँच हजार नौ सय ६६ वटा कारोवारमा २० लाख १५ हजार आठ सय २९ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ५५ करोड ५० लाख ६१ हजार पाँच सय दुुई रुपैयाँ पुुगेको छ ।  

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक घटेर तीन वटा समुहको सुचक बढ्दा टे«डिङ समुहको सुचक स्थिर भएको छ । बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ६५ अंकले घटेर एक हजार ९५ दसमलव ८४ बिन्दुुमा झर्दा २५ करोड ४८ लाख ८७ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

निर्जिवन बीमा समुहको सुचक पनि एक सय सात दसमलव ४८ अंकले घटेर छ हजार २३ दसमलव ५५ बिन्दुुमा झर्दा पाँच करोड १० लाख ४५ हजार दुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जीवन बीमा समुहको सुुचक पनि ७९ दसमलव ८१ अंंकले घटेर पाँच हजार छ सय ८० दसमलव २४ बिन्दुुमा झर्दा एक करोड ६८ लाख ९९ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

यि बाहेक जलबिद्युुत, फाईनान्स, उत्पादनमुुलक र लघुबित्त समुहको सुचकमा पनि आज गिरावट आएको छ । बिकास बैंक समुहको सुचक भने चार दसमलव ६९ अंकले बढेर १५ सय १५ दसमलव ६३ बिन्दुुमा चढ्दा चार करोड एक लाख १५ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी होटल र अन्य समुहको कारोवार सुचक पनि आज उच्च बिन्दुले बढेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको ग्लोवल आईएमई समुन्नत योजना—१ को प्रतियुनिट सेयर मुल्य १० रुपैयाँले बढेर नौ रुपैयाँ दुई पैसामा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर मुल्य पाँच रुपैयाँ ८८ पैसाले घटेर एक सय १२ रुपैयाँमा कारोवार भएको छ । 

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको सानिमामाई हाईड्रो पावर कम्पनीको प्रतिकित्ता तीन सय १४ रुपैयाँ अन्तिम मुल्यमा सात करोड ४६ लाख ५८ हजार छ सय ९८ रुपैयाँको सेयर कारोवार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै