• २०८१ बैशाख १२ बुधबार

क्राउन ल्याब रोटरी एण्ड रिफरल सेन्टरमा मुक्तिनाथका ग्राहकहरुलाई विशेष छुट 

kharibot

काठमाडौँ। मुक्तिनाथ विकास बैंक र क्राउन ल्याब रोटरी एण्ड रिफरल सेन्टर, भाटभटेनी र चाबाहिल काठमाडौँबीच एक सम्झौता भएको छ । 

उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका डेविट तथा क्रेडिट कार्ड भएका सबै ग्राहकहरुले उक्त ल्याब रोटरीबाट स्वास्थ सेवा सुविधा लिए वापत लाग्ने सम्पूर्ण खर्चमा २५% विशेष छुट दिने व्यवस्था भएको छ । 

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख  बसन्त बक्सी र क्राउन ल्याब रोटरी एण्ड रिफरल सेन्टरको तर्फबाट प्रशासनिक निर्देशक कान्ति थापाले हस्ताक्षर गरेका छन् । 

यो सुविधा लिन यस विकास बैंकको डेविट वा क्रेडिट कार्ड देखाए मात्र पनि उक्त छुट सुविधा आगामी एक वर्षसम्म प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै