• २०८१ बैशाख १२ बुधबार

आन्दोलनरत सवारी चालकहरुसँग सहमति, आन्दोलन फिर्ता हुने

kharibot

बारा। सवारी चालकहरुले आफ्नों आन्दोलनका कार्यक्रम फिर्ता लिने भएका छन् । बिहिवार नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समिति र जिल्ला प्रशासन कार्यालय बाराबीच भएको सहमति अनुसार चालकहरुले तत्काल बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता लिने भएका हुन् । 

जिल्ला स्थित जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा भएको वार्तामा चालक पक्षले चार बुँदे निर्णय सहिँत आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको बाराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराईले बताएका छन् । 

वार्तामा नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समिति बाराद्वारा नयाँ लागु भएको मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दा सम्बन्धित व्यवस्थाको परिमार्जन गर्न यहि भाद्र २७ गते जिल्ला प्रशासन कार्यालय बारामा पेश गरिएको १५ बुँदे माँग–पत्रलाई आवश्यक परिमार्जन तथा कार्यार्थ सम्बन्धित माथिल्लो निकायहरुमा अनुरोध गरी पठाउँने , संघर्ष समितिका माँगहरु कानून तथा न्याय मन्त्रालय मार्फत तत्कालै कानून संसोधन समितिमा पठाउँने, सो कानून संसोधन गर्न गराउँन संघर्स समितिका पदाधिकारी सहिँतको प्रतिनिधी मण्डल सम्बन्धित मन्त्रालयमा जाने र संघर्ष समितिले विगत ३ दिन देखि गर्दै आएको सवारी साधन नचलाएको कार्य तत्काल स्थगन गरि सम्पूर्ण सवारी साधन सञ्चालन गरिने गरी चार बुँदे निर्णय भएको बाराका प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए । 

यता नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिका केन्द्रिय संयोजक बसन्त शर्माले हाल विभिन्न मन्त्रालय आफ्नाें माँग पुर्याउने काम भएको र शुक्रवार कानून संसोधन गर्न गराउँन सवारी चालक संघर्स समितिका पदाधिकारी सहितको प्रतिनिधी मण्डल सम्बन्धित मन्त्रालयमा गई हुने निर्णयको आधारमा बन्द फिर्ता लिने जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख गणेश प्रसाद भट्टराईको नेतृत्वमा बसेको वार्ता टोलीमा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेल, प्रमुख प्रशासकिय अधिकृत शिव कुमार कार्की, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक मीरा चौधरी, प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरिक्षक किरण बज्रचार्य, सशस्त्र प्रहरी उपरिक्षक बलराम पोखरेल,  नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिका केन्द्रिय संयोजक बसन्त शर्मा , सह–संयोजक अर्जुन अधिकारी लगायत बिभिन्न सरोकार वालाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै