• २०८१ बैशाख ८ शनिबार

अफगानिस्तानसँग बंगलादेशको लज्जास्पद हार, राशिद खानको अलराउन्ड प्रदर्शन

kharibot

काठमाडौँ। एशिया कपमा अफगानिस्तानले बंगलादेशमाथि शानदार जित निकालेको छ।  गएराती भएको समुह चरणको अन्तिम खेलमा अफगानिस्तानको अगाडी बंगलादेश निरिह देखिएको हो। अफगानिस्तानले खेल १३६ रनले जित्दा राशिद खानले उत्कृष्ट अल्राउन्द प्रदर्शन गरेका थिए। 

अफगानिस्तानले दिएको २५६ रन पछ्याएको बंगलादेश ४२.१ ओभरमा ११९ रनमा अलआउट भएपछि अफगानिस्तान १३६ रनले विजयी भएको थियो। बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक ३२ रन बनाए भने मह्मुदुल्लाहले २७ तथा मोसादेक होसैनले २६ रन बनाएका थिए। 

त्यस्तै अफगानिस्तानका बलर राशिद खान, मुजीब उर रहमान तथा गुल्बाडीन नबिबले २-२ विकेट लिएका थिए। 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले हस्मतुल्लाह शहिदिको ५८ तथा राशिद खानको ५७ रनको पारीको मद्धतले ५० ओभरमा ७ विकेट गुमाएर २५५ रन बनाएको थियो। अफगानिस्तानका लागि गुल्बाडीन नैवले ४२ तथा मोहमदसह्जद ले ३७ रनको योगदान दिएका थिए। 

बंगलादेशका बलर शकिब अल हसनले ४ तथा यसै खेलमा डेभ्यु गरेको अबु हैदरले २ विकेट लिएका थिए। 

अलराउण्ड प्रदर्शन गरेका राशिद खान खेलको म्यान अफ द म्याच बनेका थिए। 

सेमिफाइनल समीकरण : 

एशिया कपको सेमिफाइनलको समिकरण पुरा भएको छ। सेमिफाइनलका दुवै खेल आज हुदै छन्।  सेमिफाइनलमा भारत र बंगलादेश तथा पाकिस्तान र अफगानिस्तान खेल्ने भएका छन् । दुवै खेल नेपाली समय अनुसार सवा ५ बजे सुरु हुने छन्।        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै