• २०८१ बैशाख १३ बिहीबार

युरोपा लिगमा आर्सनलको विजयी सुरुवात

kharibot

काठमाडौँ।  प्रिमियर लिग क्लब आर्सनलले युरोपा लिगमा विजयी सुरुवात गरेको छ।  गएराती बह्येको खेलमा युक्रेनको क्लब भोस्क्लामाथि ४-२ को जित हासिल गर्दै यस सिजनको युरोपा लिगको विजयी सुरुवात गरेको हो। 

आर्सनलको जितमा पिएरे इमरिक अउबामेयांगले २ गोल गरेका थिए भने डानी वेल ब्याक र मेसुट ओजीलले एक एक गोल गरेका थिए।  त्यस्तै भोस्क्लाका लागि चेस्नाकोभ र शार्परले एक एक गोल गरेका थिए। 

यो जितसँगै आर्सनलका म्यानेजर उनाइ एमरीले युरोपा लिगमा सर्वाधिक ३२ खेल जित्ने म्यानेजर बनेका छन्।  कुनै पनि म्यानेजरले युरोपा लिगमा यति खेल जितेको नया रेकर्ड हो। 

आर्सनलले अब अर्को खेल प्रिमियर लिगमा आगामी आइतबार एभर्टनसँग खेल्ने छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै