• २०८१ बैशाख १३ बिहीबार

आमा गर्भवती भएपछि लुक्दै हिडे आयुष्मान खुराना !   

kharibot

मुम्बई : बलिवुडमा अभिनेता आयुष्मान खुरानाको फिल्म 'बधाई हो' अहिले निकै चर्चामा रहेको छ। हालै रिलिज भएको फिल्मको ट्रेलरलाई सबैले तारिफ गरेका छन्। साथै यस फिल्मको पहिलो गीत पनि रिलिज भएको छ। 

फिल्मको ट्रेलरमा आयुष्मानकी आमा गर्भवती भएको देखिएको छ, जुन अहिले चर्चाको विषय बनेको छ । यसले फिल्मको कथाका बारेमा थप कौतुहलता बढाएको छ। आफ्नो आमा गर्भवती भएपछि आयुष्मान लाज मानेको र आफ्ना साथीहरुसँग लुक्दै हिडेको देखाइएको छ। आयुष्मनलाई उनकी गर्लफ्रेन्डको भूमिका निभाएकी अभिनेत्री सान्या मलहोत्राले आमा गर्भवती भएको भन्दै जिस्काएको सिन उत्कृष्ट देखिएको छ। 

आगामी अक्टोबर १९ मा रिलिज हुने यस फिल्मलाई अमित शर्माले निर्देशन गरेका हुन्। उनले यस अघि अर्जुन कपुर र सोनक्षी सिन्हाको फिल्म तेवर निर्देशन गरेका थिए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै