• २०८१ बैशाख १२ बुधबार

खुर्सिद हत्या प्रकरण : परिवारले शव उठाउन मानेनन्, आन्दोलन चर्काउने चेतावनी 

kharibot

सुनसरी। मौलाना खुर्सिद अन्सारीको गोली हानी हत्या भएको २४ घण्टा बित्दा समेत हत्यारा पत्ता नलागेको भन्दै मुस्लिम अगुवाहरुले आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

सरकारका लापरवाहीका कारण पटक पटक मुस्लिम अगुवाहरुको हत्या भएको र हत्याराका बारेमा अहिलेसम्म सत्य तथ्य बाहिर ल्याउन सरकार असफल भएको भन्दै मुस्लिम अगुवाहरु विरोधमा उत्रिएका हुन् । खुर्सिदको हत्या भएको २४ घण्टा बित्दा पनि सरकारकातर्फबाट ठोस कुरा नआएकाले गृहमन्त्री घटनास्थल आएर शान्ति सुरक्षासहितको प्रत्याभूति दिलाउनु पर्ने स्थानीयको अडान पश्चात खुर्सिदको शव घटनास्थलबाट उठाइएको छैन ।

विहीबार सुनसरी प्रशासन र स्थानीय मुस्लिम अगुवाबीच भएको वार्ता सकारात्मक बने पनि सहमति भने जुट्न सकेको छैन । मृतकलाई शहीद घोषणा, क्षतिपूर्ति, शान्तिसुरक्षासहित गृहमन्त्री आउनु पर्ने स्थानीयको अडानलगायतका विषयमा सुनसरी प्रशासनले प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराउने अनौपचारिक सहमति गरिएको थियो । सहमति अनुसार हिजै गृह मन्त्रालयलाई पीडितका मागका विषयमा पत्र पठाइसकिएको छ ।  सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जिल्ला सुरक्षा समितिको बैठक बसी मागका बिषयमा प्रदेश र संघीय सरकार समक्ष जानकारी गराएको बताए ।
 
स्थानीयको मागसहित भुटाहादेखि घुस्कीसम्मका सुरक्षाकर्मीको टोली परिवर्तन गर्ने विषयमासमेत केन्द्रलाई जानकारी पठाइएको प्रजिअ उप्रेतीले बताए । उता भुटाहामा सडक किनारमै शव राखेर सरकारी निर्णयको प्रतिक्षा गरिरहेका खुर्सिदका आफन्तसहित मुस्लिम अगुवाहरुले शव बजार परिक्रमाको तयारी थालेका छन् । 

खुर्सिद हत्याको बिरोधमा हरिनगर ,भुटाहा सहित इनरुवा नगर क्षेत्रका निजी विद्यालयहरु बन्द गरिएका छन् । अन्सारीको हत्याबाट आक्रोशित भिडले आज भुटाहामा प्रहरी चौकी तोडफोड गरेका छन्।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै