काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सात प्रदेशका इन्चार्ज र अध्यक्ष तोकेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँड गरेको हो।
आजको बैठकले सात प्रदेशका प्रदेश इन्चार्ज र अध्यक्षको टुंगो लगाएको छ । जसअनुसार इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिवको टुंगो लगाएको छ। केन्द्रमा एकताभएपछि प्रदेशसहित जिल्ला तहमा एकता हुन नसकेको बेला पार्टीको शिर्ष नेतृत्वले प्रदेशको पार्टी नेतृत्व चयन गरेको हो।
प्रदेश १
इन्चार्ज : भीम आचार्य
अध्यक्ष : देवराज घिमिरे
सहइन्चार्ज : साबित्रीकुमार काफ्ले
सचिव : सुरेशबहादुर राई
प्रदेश २
इन्चार्ज : सत्यनारायण मण्डल
अध्यक्ष : प्रभू साह
सहइन्चार्ज : विश्वनाथ साह
सचिव : सुमन प्याकुरेल
प्रदेश ३
इन्चार्ज : अष्टलक्ष्मी शाक्य
अध्यक्ष : हितबहादुर तामाङ
सहइन्चार्ज : नारायण दाहाल
सचिव : आनन्द पोख्रेल
गण्डकी प्रदेश
इन्चार्ज : पृथ्वी सुब्बा गुरुङ
अध्यक्ष : हितराज पाण्डे
सहइन्चार्ज : खगराज अधिकारी
सचिव : गोविन्द नेपाली
प्रदेश ५
इन्चार्ज : शंकर पोख्रेल
अध्यक्ष : ओनसरी घर्ती
सहइन्चार्ज : दलबहादुर राना
सचिव : जगप्रसाद शर्मा
कर्णाली प्रदेश
इन्चार्ज : जनार्दन शर्मा
अध्यक्ष : गोरखबहादुर बोगटी
सहइन्चार्ज : यमलाल कंडेल
सचिव : मयाप्रसाद शर्मा
प्रदेश ७
इन्चार्ज : भीम रावल
अध्यक्ष : कर्ण थापा
सहइन्चार्ज : लक्ष्मणदत्त जोशी
सचिव : सिंहराज चौधरी (नेपबहादुर)