• २०८१ बैशाख १४ शुक्रबार

सेयर कारोबार रकम यो साता २५ प्रतिशतले बढ्यो

kharibot

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८९ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २७ हजार सात सय कारोबारबाट दुई अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँ बराबरका ९० लाख ७० हजार सात सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा २४ दशमलव ९१ प्रतिशत बढी हो । गत साता एक सय ८६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २३ हजार छ सय ११ कारोबारबाट दुई अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार छत सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यो साता कारोबार रकम १९ करोड ९० लाख ५० हजार रुपैयाँको आधारमा एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या पाँच लाख ५३ हजार कित्ता र कारोबार संख्या १४ सय ५७ वटाको आधारमा पनि एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

दोस्रो स्थानमा परेको एनआईसी एशिया बैंकको १२ करोड १२ लाख ९० हजार रुपैयाँको कारोवार भएको छ । सानिमा माई हाईड्रो पावर कम्पनी भने १० करोड दुई लाख ४० हजार रुपैयाँको सेयर कारोवार भएको आधारमा तेस्रो स्थानमा परेको छ ।

चौथो स्थानमा परेको नेपाल बैंकको नौ करोड ५० लाख ६० हजार रुपैयाँको सेयर कारोवार भएको छ । यसैगरी प्रभु बैंक भने नौ करोड ३६ लाख १० हजार रुपैयाँ बराबरको रकम कारोवार भएको आधारमा पाँचौं स्थानमा परेको छ ।  

यो साता स्टको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । सेयर सुचीकरण तर्फ भने यो साता देव बिकास बैंकको २४ लाख ७० हजार नौ सय २३ दशमलव ४१ कित्ता बोनस सेयर सुचीकरण भएको छ । 

सातामा सर्वाधिक रकमको कारोबार भएका आधारमा एनएमबि बैंक (१ करोड ९९ लाख), एनआईसीएसिया बैंक (१ करोड २१ लाख), सानिमा माई हाइड्रोपावर (१ करोड), नेपाल बंैक ९५ लाख र प्रभु बैंक (९३ लाख) उत्कृष्ट पाँच  कम्पनीको सूचीमा परेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै