• २०८१ बैशाख ८ शनिबार

'आमा'पछि सहयात्रीले ल्याए 'सायद' (भिडियोसहित) 

kharibot

काठमाडौं । युवा गीतकार तथा गायक लेखु सहयात्रीले नयाँ गीत ल्याएका छन् । मार्मिक गीत आमापछि लेखुले सायद बोलको गीत म्युजिक भिडियोसहित युट्युबबाट सार्वजनिक गरेका हुन् । 

गीतको रचना र स्वर लेखुले नै दिएका छन् म्युजिकमा शंकर थापा र एरेन्ज फणिन्द्र राईले गरेका छन् । त्यस्तै जया गुरुंगको मेकअप, शान थापाको पोस्टर समावेश गीतमा अनिल अधिकारी र मेलिशा खतिवडाको अभिनय छ ।

भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् भने सरोज अधिकारीले दृश्य कैद गरेका हुन् । ड्रोनमा दर्शन रानाभाट तथा प्रडक्सन भने राजेन्द्र अधिकारीको रहेको छ । 

युवा गायत तथा गीतकार सहयात्रीले थुप्रै नेपाली चलचित्रमा समेत गीत लेखिसकेका छन् । उनको यसअघिको आमा गीतमा चर्चित डान्सर सुशान्त खत्रीको समेत अभिनय रहेको थियो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै