सङ्घीय संसदको दुई संयुक्त समितिका सभापति निर्वाचन कार्यक्रम सार्वजनिक 

खरीबोट

काठमाडौँ। सङ्घीय संसद् (प्रतिनिधिसभा÷ राष्ट्रियसभा) का संयुक्त दुई समितिका सभापतिको निर्वाचन कार्यक्रम आज सार्वजनिक भएको छ । 

ती संयुक्त समितिमा संसदीय सुनुवाइ र राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्व समिति छन् । निर्वाचन यही असोज ७ गते अपराह्न १  बजे हुने कार्यक्रम छ । 

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज यहाँ जारी विज्ञप्तिअनुसार निर्वाचन प्रक्रियाअन्तर्गत शनिबार सङ्घीय संसद्को संयुक्त समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्काे सदस्यले समर्थनसहित प्रस्ताव दर्ता गराउनुपर्नेछ । 

दर्ता गराउने समयसीमा बिहान अपराह्न २ बजेदेखि ५ बजेसम्म निर्धारण गरिएको छ । यसपछि सचिवालयले दर्ता भएका प्रस्तावको दर्ताक्रमानुसार सूची प्रकाशन गर्नेछ । असोज ७ गते आइतबार अपराह्न १ बजेदेखि सम्बन्धित समितिका बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावलाई समर्थन गर्ने र प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ । 

प्रतिनिधिसभाअन्तर्गत १० विषयगत समितिका सभापतिको निर्वाचन कार्यक्रम आज सम्पन्न भएको थियो । ती दशमध्ये ६ समितिका सभापतिमा महिला सांसद निर्वाचित भएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति छन् । 

यसैगरी महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास र प्रविधि, शिक्षा र स्वास्थ्य तथा सार्वजनिक लेखा समिति छन् । राष्ट्रियसभाअन्तर्गत चार विषयगत समितिका सभापति चयन प्रक्रिया सम्पन्न भइसकेका छन् । ती समितिमा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् । 

सम्बन्धित समाचार

गण्डकी प्रदेशका प्रदेश संसद घर्तीको निधन

बागलुङ। गण्डकी प्रदेशका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएको छ ।  कलेजोसम्बन्धी रोगबाट ग्रसित घर्तीको गए राति भारतको दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले जानकारी दिएका

संसदलाई छलेर कर्मचारी समायोजन अध्यादेश जारी 

काठमाडौं। सरकारले संसदलाई छलेर राष्ट्रपतिलाई पठाएको कर्मचारी समायोजन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेकी छन्। संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार 'कर्मचारी समायोजन सम्बन्धमा

तीन पटकभन्दा बढी पटक संसद हुन नपाउने विधान बनाउनुपर्छ : किशोर सिंह राठोर

काठमाडौं। नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टिका केन्द्रीय सदस्य किशोर सिंह राठोरले पार्टी बलियो बनाउने हो भने नेताहरूले त्याग गर्न सक्नुपर्ने बताएका छन् । शुक्रबारको बैठकमा बोल्दै नेता राठोरले पटक

संसदीय समितिको बैठकमा गणपूरक समस्या : सांसदको ढोकामा मात्रै जम्काभेट !

काठमाडौँ। कानून निर्माणको मुख्य जिम्मेवारी रहने गरी चुनाव जितेर सङ्घीय संसद्मा प्रवेश गरेका जनप्रतिनिधि मुख्य जिम्मेवारीप्रति गैरजिम्मेवार भइदिँदा त्यसको असर अहिले संसदीय समितिलाई परेको छ ।  पछिल्लो समय बैठक सञ्चालनका लागि


z