• २०८१ बैशाख १४ शुक्रबार

नेपालले पहिलो हाफमा १० गोल खायो 

kharibot

काठमाडौं।  एएफसी यू-१६ महिला फुटबल च्याम्पियनसिप छनौट अन्तर्गत समूह ‘ई’को दोस्रो खेलमा नेपालले अहिले म्यानमारविरुद्ध खेलिरहेको छ । खेलको पहिलो हाफमा नेपालले १० गोल खाएको छ। 

हलचोकस्थित सशस्त्र प्रहरी (एपीएफ) मैदान हलचोकमा जारी खेलमा नेपालले पहिलो हाफमै १० गोल खाएको हो। 

म्यानमारले नेपालमाथि खेल सुरु भएको ४, ५, ७, ९, १७, २०, २८, २९, ३२, ३७ मिनेटमा गोल गरेको हो। नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ४-० ले पराजित भएको थियो। यो खेलमा पराजित भए नेपाल छनोट प्रतियोगिताबाट बाहिरिने छ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै