• २०८१ बैशाख १३ बिहीबार

फर्निचर मेलामा तीन सयदेखि एक लाखसम्मका वस्तु (फोटोफिचर)  

kharibot

काठमाडौं । बिहीबारदेखि भृकुटीमण्डपमा फर्निचर मेला सुरु भएको छ  । सोमबारसम्म चल्ने मेलामा ३ सय रुपैयाँदेखि १ लाखसम्म मूल्य पर्ने फर्निचरका सामग्री रहेको आयोजकले जानकारी दिएको छ ।

मेलामा ७० हजारभन्दा बढीले अवलोकन गर्ने बताइएको छ  । मेला संयोजक सुबेन्द्र जोशीले भने ७० हजार बढीले मेलाको अवलोकन गर्ने बताए ।

मेलामा लगभग दुई दिनको समयमा राम्रो रेस्पोन्स पाएको उनले बताए । ब्रान्डिङ मेला भएको कारण आफूहरुले बिक्रीवितरणको कुनै टार्गेट नलिएको पनि उनले बताए  ।

ग्राहकको हात खाली नहोस् भन्नको लागि मात्र दशैँ सेल लगाएको बताउँदै  संयोजक जोशीले यति नै बिक्री गर्ने टार्गेट नभएको बताए । 

मेलामा टाइटल स्पोन्सर जेम फ्लोरिङको छ भने यस अन्तर्गत मुख्य स्पोन्सरहरुमा  सिमल डेकोर, डिलाई म्याट्रेस्,  यति कार्पेट र ग्लेन रहेको उनले बताए । 

मेलामा एकै किसिमको सामान नभएको कारण सबैले मूल्य यति हो भन्न नसके पनि तीन सयदेखि एक लाख मूल्य सम्मका फर्निचर सामग्री राखिएको उनले बताए ।

सबै तस्बिर : कविता घिमिरे/खरीबोट

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै