• २०८१ बैशाख ८ शनिबार

नेपाल म्यानमारसँग ११-१ ले हार्यो, एएफसी यू-१६ च्याम्पियनसिप छनौटबाट नेपाल बाहिरियो

kharibot

काठमाडौं।  एएफसी यू-१६ महिला फुटबल च्याम्पियनसिप छनौट अन्तर्गत समूह ‘ई’को दोस्रो खेलमा नेपाल म्यानमारसँग ११-१ गोल अन्तरले पराजित भएको छ । खेलको पहिलो हाफमा नेपालले १० गोल खाएको थियो भने दोस्रो हाफमा दुवै टिमले १-१ गोल हानेका थिए । 

हलचोकस्थित सशस्त्र प्रहरी (एपीएफ) मैदान हलचोकमा जारी खेलमा नेपालले पहिलो हाफमै १० गोल खाएको हो। 

म्यानमारले नेपालमाथि खेल सुरु भएको ४, ५, ७, ९, १७, २०, २८, २९, ३२, ३७ र ६३  मिनेटमा गोल गरेको हो। त्यस्तै नेपालले खेलको ७४औ मिनेटमा एक गोल फर्काएको थियो।  

नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ४-० ले पराजित भएको थियो। यो खेलमा पराजित भएपछि नेपाल छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।

छनोटको अन्तिम खेल ७ गते मलेसियासँग खेल्नेछ । समूहको विजेता टोलीले दोस्रो चरणको यात्रा तय गर्नेछन् । 

यस्तै छनोटमा सहभागी छ समूहको उपबिजेतामध्ये उत्कृष्ट दुई टोलीले दोस्रो चरणको यात्रा तय गर्नेछन् । दोस्रो चरणको छनोटमा शीर्ष स्थान हासिल गर्ने चार टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको लागि छनोट हुनेछन् । 

उक्त प्रतियोगिताको लागि आयोजक थाइल्याण्डसहित, दक्षिण कोरिया, जापान र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भइसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै