• २०८१ बैशाख १४ शुक्रबार

थ्रीस्टारद्वारा शहीद स्मारक ए डिभिजन खेल्ने २५ सदस्यीय टोली घोषणा

kharibot

काठमाडौँ। थ्रीस्टार क्लबले यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि २५ खेलाडी सम्मिलित टोली घोषणा गरेको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बनाएको नियमानुसार ए डिभिजन लिग खेल्ने क्लबले आजसम्म कम्तीमा १८ खेलाडी दर्ता गर्नुपर्ने थियो । त्यसैअनुसार थ्रीस्टारले दर्ता गरेको खेलाडीको नाम सार्वजनिक गरिएको क्लबका महासचिव सञ्जीव शिल्पकारले जानकारी दिए । 

थ्रीस्टारले बिहीबार मात्र राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङलाई क्लबमा अनुबन्ध गरेको थियो । सार्वजनिक गरिएको टोलीमा अनिलसँगै रञ्जन विष्ट, अनन्त तामाङ, सुनील बल, विक्रम लामा, निराजन खड्का, एलान न्यौपानेजस्ता राष्ट्रिय खेलाडीलाई समावेश गरिएको छ ।  थ्रीस्टारको टोलीमा गोलकिपर एलन न्यौपाने, पूर्ण चाम्लिङ र अभिषेक बराल, डिफेन्डरमा अनन्त तामाङ, रञ्जीत धिमाल, विजय धिमाल, विष्णु सुनार, अशोक खवास, जीवन गुरुङ र पिटर सेगुन छन् । 

मिडफिल्डमा विक्रम लामा, निराजन खड्का, सुनील बल, रुपेश केसी, मिसान लामा, दीपेश घले र दीपसन राउत तथा फरवार्डमा अनिल गुरुङ, रञ्जन विष्ट, बुद्ध लिम्बू, समुन श्रेष्ठ, अजायी मार्टिनिज र जेनिश प्रजापति छन् । झण्डै चार वर्षपछि एन्फाले ए डिभिजन लिग आयोजना गर्न लागेको हो । थ्रीस्टारले ए डिभिजन लिग पाँच पटक जितेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै