• २०८१ बैशाख ७ शुक्रबार

साँझपरेपछि...(कविता)

kharibot

अमित संग्रौला

इन्द्रेणी जस्तै कपाल पारेर 
छोटा छोटा पहिरनमा सजिएर 
गुलाबी ओठ र मन्द मुस्कानसँगै 
आउछन् साँझपखमा नौटकीं देखाउन 
कति धेरै आशत्ती छन् 
म देखेर अचम्मित हुन्छु 
चहारिरहन्छन भट्टीपसलतिर 
हाँस्छन रुन्छन ठट्टा गर्छन् 
स्वाट्ट पार्दै बियरको चुस्कीसँगै 
आफ्ना सबै पिडाहरु भुल्छन 
रक्सी र यौवनकै वरिपरि 
घुमीरहन्छ उनीहरुको जीवन 
बडो गजब तरिकाबाट 
कहिलेकाही विरक्तिएर आउँछ 
उनिहरुले जिइरहेको जिन्दगी देखेर
जसले वेश्याको रुप धारण गरेर 
हिडें ती नारीहरु आत्मा र परमात्माको 
व्याख्या गर्दै हिडेको पाइयो 
र , 
जो आफू महात्मा पुजारी पन्डित ठान्छन् 
ती व्यक्तिहरु वेश्याकै वरिपरि नाचीरहेका छन् 
यतिखेर 
साँझपखमा नौटकीं देखाइरहेका छन् 
भट्टीमा टेबुलहरु छन् , कुर्सीहरु छन् 
थरीथरीका खाना प्रस्ताव गर्छिन साहुनी 
उनको व्यस्तता देखेर 
सहायकको भुमिका खेल्छन् साहु बा 
यो ठाउँमा विभिन्न विचारधारा 
भएका मानिसहरु आउछन् र , 
एक अर्कासँग खुसी साटासाट गर्छन् 
साँझपरेपछि 
यस्तै हुदोरहेछ अचेल भट्टीपसलतिर ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै